जिवनशैली परिवर्तन गरे जित्न सकिन्छ क्यान्सर 

महिला स्वास्थ्य

२०७६ मंसिर ३ मंगलबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं-  स्तन क्यान्सर महिलामा बढि देखिने भयावह रोगको रुपमा लिईन्छ ।  क्यान्सरको समस्या विश्वमै बढ्दै गइरहेको पाइन्छ। 

अहिले सबैभन्दा बढी अनुसन्धानमा भइरहेको क्यान्सर पनि स्तन क्यान्सर नै हो । महिलालाई मात्र नभएर यो क्यान्सर पुरुषमा पनि हुनसक्छ । हाम्रो देशमा यो रोग सबैभन्दा बढी ३०-५० वर्षको उमेर समुहमा पाईएको छ । यसै विषयमा केन्द्रित भएर महिलास्वास्थ्यले बिर अस्पतालमा कार्यरत क्यान्सर रोग विषेशज्ञ डा. अम्बुज कर्णसँग कुराकानी गरेको छ । 

१. क्यान्सर दिन प्रतिदिन बढिरहेको छ यसलाई कसरी बुझ्न सकिन्छ ?

समग्रमा भन्दा क्यान्सरका बिरामी बढेका हैनन् । पहिले क्यान्सर पत्ता नलागेरै बिरामीको मृत्यु हुने गर्दथ्यो । अहिले क्यान्सर पत्ता लगाउने प्रविधि बढेर क्यान्सर रोगीको संख्या  बढको हो । हाम्रो आनीबानीले गर्दा क्यान्सरको जोखिम बढेको छ । जसले गर्दा अहिले क्यान्सर पिडितको संख्यामा बृद्धि भएको छ ।

महिलाहरुमा हुने क्यान्सर मध्येको  दोस्रो सबै भन्दा बढी हुने क्यान्सर स्तन क्यान्सर हो भने , पहिलो चाहीँ पाठेघरको मुख क्यान्सर हो ।

तर, वर्तमान अवस्थामा जुन तीव्रताका साथ स्तन क्यान्सर बृद्धि भईरहेको छ, त्यस अनुसार निकट भबिष्यमा स्तन क्यान्सरले महिलाहरुमा हुने क्यान्सर मध्ये पहिलो स्थान ओगट्ने सम्भावना देखिन्छ ।

२. क्यान्सर लागेको कसरी थाहा पाउन सकिन्छ ?  

क्यान्सरको विषेश लक्षण हुँदैन ।  कुनै लक्षण छन् जस्ले गर्दा क्यान्सर भएको अनुमान लगाउन सकिन्छ । शरीरको कुनैपनि भागमा गाठागुठि आएमा यसको रंग वा आकार परिर्वतन भएमा , शरीरको कुनैपनि भाग ९दिसापिसाब , खकार , मुख० बाट रगत बगेमा,  दुब्लाउदै गएमा, लामो समय सम्म खाना खान मन नलागेमा , दुई हप्ता भन्दा लामो समयसम्म खोकी लागेमा अथवा लामो समय सम्म ज्वरो आएमा क्यान्सरको शंका गर्न सकिन्छ । 

३. महिलाहरुमा स्तन क्यान्सर बढ्नुको कारण के हो ?

ग्रामीण र शहरी परिबेशलाई हेर्ने हो भने ग्रामिण क्षेत्रमा पाठेघर मुखको क्यान्सर प्रमुख मान्निछ भने शहरी परिवेशमा स्तन क्यान्सरलाई प्रमुख मानिन्छ ।

पुरुषको तुलनामा महिलाहरुमा स्तन क्यान्सर बढि देखिन्छ । महिलाहरुमा स्तन क्यान्सरको जोखिम  बढि हुनुमा ढिलो बिबाह गर्ने, बिबाह गरेपनि सन्तान जन्माएपनछ शिशुलाई स्तनपान नगराउँनाले पनि स्तन क्यान्सरको जोखिम बढेको हो । 

घरका अन्य सदस्यमा क्यान्सर भएमा बंशाणुगत कारणले पनि स्तन क्यान्सर लाग्न सक्छ । परिवारको एक जना महिलामा स्तन क्यान्सर छ भने अर्को महिलामा पनि स्तन क्यान्सर लाग्ने सम्भावना धेरै हुन्छ । 

स्तन क्यान्सर हुनुमा खानपान र व्यवहारले  मद्दत गर्छ । व्यायमको कमी, धेरै आराम गर्दा अत्याधिक मोटोपन हुँदा पनि स्तन क्यान्सर लाग्न सक्छ । 

४. कुन उमेर समुहका व्यक्तिलाई स्तन क्यान्सरको जोखिम उच्च हुन्छ ?

विश्वभर तथा  पश्चिमा देशहरुको अध्ययनलाई हेर्ने हो भने प्रायm स्तन क्यान्सर ५० वर्ष वा सो भन्दा माथी उमेर समुहका महिलाहरुमा अत्याधिक मात्रामा हुने ग्र्छ ।  तर हाम्रो अध्ययन अनुसार ४० वर्ष वा सो भन्दा कम उमेरका महिलाहरुमा बढि स्तन क्यान्सर  देखिएको छ । भर्खरै गरेको एक अध्ययन अनुसार जति पनि स्तन क्यान्सर भएका महिला छन् ती महिलाहरु मध्ये २५ प्रतिशत महिलाहरु ४० वर्ष भन्दा कम उमेरका रहेका छन् । 

पहिला स्तन क्यान्सर ५०-६० वर्षमा हुन्छ भनिन्थ्यो भने अहिले सानै उमेरमा पनि देखिन थालेको छ । ३० वर्षमै स्तनक्यान्सर भएर अस्पताल आउने महिलाहरु धेरै छन् । सानै उमेरमा स्तन क्यान्सर हुनुको प्रमुख कारण वंशाणुगत नै हो ।  

५. स्तन क्यान्सरबाट बच्न जिवनशैलीमा के कस्ता परिर्वतन ल्याउन आवश्यक छ ?

स्तन क्यान्सर लाग्न नदिनका लागि हरेक मानिसले खानपान आनीबानी र व्यवरहारमा सुधार ल्याउनुपर्छ । नियमित रुपमा व्यायम गर्नुपर्छ । सागपात , फलफुल र माछाको मात्रा बढाउनु पर्छ । प्याकेटमा राखिएका बाहिरका खाने कुरा खानुहुदैन । कुनैपनि क्यान्सरका लागि जोखिमपूर्ण खाने कुरा खानुहुदैन् । धुम्रपान, मद्ययपानको सेवनले धेरै किसिमका क्यान्सरहरु निम्त्याउँछन् तसर्थ हामीले यस्ता खाने कुराबाट टाढै बस्नुपर्छ ।  

सकेसम्म घरमै बनाएको खाने कुरा खादाँ स्वास्थ्यलाई लाभ हुन्छ । रोग नलागेपनि बर्षमा एकपटक स्तन परिक्षण गराउनुपर्छ । जसले गर्दा रोग सुरुकै अवस्थामा पत्ता लाग्छ र निको हुने सम्भावना धेरै हुन्छ । क्यान्सर रोग  समयमै पत्ता लागेमा बिरामीको ज्यान बचाउँन सकिन्छ । 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment