जाडोमा सुन्तला खानुको अनेक फाइदा 

महिला स्वास्थ्य

२०७६ मंसिर ६ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - जाडो मौसममा पाइने फल सुन्तलामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । यसको सेवनले विभिन्न स्वास्थ्य समस्याबाट जोगाउन मद्धत गर्छ । 

जाडो मौसममा प्रायजसो व्यक्तिलाई रुघाखोकीले सताउने गर्छ । त्यस्तो अवस्थामा समेत सुन्तलाको सेवन फाइदाजनक हुन्छ । जाडोयाममा पाइने सबै फलफुलहरु भिटामिन सी युक्त हुने भएकाले यो मौसममा लाग्ने रोगहरुलाई कम गर्न सहयोग पुुर्‍याउँछ ।

जाडो मौसममा सुन्तलाको सेवन अत्यन्त फाइदाजनक हुन्छ । यसको नियमित सेवनले विभिन्न मौसमी रोगहरुबाट मुक्त गराउँछ । सुन्तलाको सेवन गर्दा चिसो भएता पनि गर्मीमा भन्दा जाडोमा नै धेरै फाइदा पुर्‍याउँछ । प्राय मानिसहरुमा सुन्तला चिसो हुने भएकाले यसलाई जाडो मौसममा सेवन गर्नु हुँदैन भन्ने सोच्छन् । तर यो सोच गलत हो ।  

सुन्तलाको जुसका फाइदाहरु

सुन्तला उच्च रक्तचाप भएका बिरामीको लागी लाभदायक फल हो । सुन्तलाले सोडियमको मात्रालाई सामान्य बनाएर ब्लडप्रेसरलाई ठीक राख्छ ।  

दिनहुँ सुन्तलाको सेवनले मिर्गौलामा हुने पत्थरीको खतराबाट बचाउँछ ।  मिर्गौलामा पत्थरी भएका व्यत्तिले सुन्तलाको जुस सेवन लाभदायक हुन्छ ।

सुन्तलाको सेवनले शरीरलाई नोक्सान पुर्‍याउने फ्रि रेडिक्लस बाट पनि सुरक्षित राख्छ ।

सुन्तलाको जुस पिउनाले स्वास्थ्य र छाला दुबैलाई फाइदा हुन्छ । यसले शरीरमा भिटामिन सीको कमीलाई पूरा गर्छ र विभिन्न रोगहरुबाट बचाउँछ ।

सुन्तलामा सबैभन्दा धेरै भिटामिन सी हुन्छ यसक साथै भिटामिन ए ,पोटासियम, फाइबर आदि पोषक तत्व पनि समावेश हुन्छ । सुन्तला ठूला व्यक्तिदेखि बच्चासम्मको लागि धेरै फाइदाजनक हुन्छ । यसलाई पिउँदा निम्न फाइदाहरु हुन्छन् ।

वजन कम गर्नका लागी एउटा सुन्तला दिनहुँ खानुपर्छ ।

यसमा समावेश भएको भिटामिन ए ले आँखालाई समेत धेरै फाइदा पुर्‍याउँछ ।

सुन्तलाको जुसले शरीरमा रोगहरुसँग लड्ने क्षमता बढाउँछ ।

यसलाई नियमित रुपमा पिउनाले रुघाखोकी जस्ता रोगहरुबाट राहत पाउन सकिन्छ ।

सुन्तलाको जुस पिउनाले शरीरमा क्यान्सर उत्पन्न गराउने सेल्सहरु नष्ट हुन्छन् ।

सुन्तलाको जुस पिउनाले शरीरको पाचनक्रिया सही हुन्छ, साथै पेटको विभिन्न समस्याहरु पनि यसको सेवनले कम हुन्छ ।

यसको सेवन गर्नाले शरीरमा रक्तसञ्चार राम्रो हुन्छ ।

यसले ब्लडप्रेसरलाई नियन्त्रित गर्न सहयोग पुर्‍याउँछ ।

सुन्तलाको सेवन गर्नाले शरीरमा रोग प्रतिरोधक क्षमता अर्थात् इम्युनिटी सिस्टमलाई पनि बलियो बनाउँछ ।

यसको सेवनले भाइरल संक्रमण हुनबाट जोगाउँछ । 

सुन्तलामा फाइबर धेरै मात्रामा हुन्छ । जसले कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित गर्न सहयोग गर्छ ।

यसको सेवन गर्नाले मुटुसँग सम्बन्धित समस्याहरुलाई पनि कम गर्छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment