जाडोमा मरीच खानुको फाइदा 

महिला स्वास्थ्य

२०७६ मंसिर १३ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - जाडोमा कालो मरिचको चिया पिउँदा शरीरलाई निकै फाइदा पुर्याउँछ । खानेकुरा स्वादिष्ट बनाउन मसलाका रुपमा प्रयोग गरिने मरिचमा प्रचुर मात्रामा औषधिय गुण पाउन सकिन्छ । 

पिरो स्वादको मरिच औषधिका रूपमा समेत प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्यामा यो धेरै प्रभावकारी मानिन्छ ।

मरिचमा म्यागेजिन, भिटामिन के, फलाम, क्याल्सियम, फाइबर र क्रोमियम प्रचुर मात्रामा पाइन्छ । त्यसैले दैनिक खाना बनाउँदा मरिच थोरै मिसाउन आवश्यक छ ।

मरिचमा कीटाणुनाशक गुण हुने भएकाले यसको सेवनले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यो बेसारसँग मिसाएर नियमित खाँदा क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।

मरिचले पाचन शक्तिलाई बलियो बनाउनुका साथै पेट सफा गर्छ । नियमित यसको सेवन गरे ग्यास्ट्रिक हुँदैन ।

मरिचको सेवनबाट पाइल्सबाट राहत पाउन सकिन्छ ।

तताएको तिलको तेलसँग मरिचको धुलो मिसाएर हातखुट्टामा लगाएमा आराम मिल्छ ।

उच्च रक्तचापका बिरामीले तातो पानीमा मरिचको धुलो मिसाएर खाएमा रोग नियन्त्रण गर्न सहयोग पुग्छ ।

तातो पानीमा मरिचको धुलो र कागती हालेर पिउँदा एसिडिटीबाट छुटकारा पाउन सकिन्छ ।

मरिचको धुलो नियमित सेवन गर्दा रुघाखोकी निको हुन्छ । साथै, धुवाँ–धुलोका कारण छातीमा हुने समस्या, फ्लु, भाइरलको संक्रमणबाट जोगिन सकिन्छ ।

कालो मरिचले रक्तसञ्चार नियमित गर्नुका साथै छालामा अक्सिजनको मात्रा बढाउँछ । तसर्थ, यसको सेवन गरे छालामा समस्या आउँदैन ।

कालो मरिचको धुलो ठीक मात्रामा दैनिक सेवन गरेमा मांसपेशीजन्य रोग लाग्दैन । शरीरमा स्फूर्ति बढाउनुका साथै मस्तिष्क सक्रिय बनाउन मद्दत गर्छ ।

मरिचको धूलो र कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजा पाक्ने, दाँत हल्लिने, कीराले खाएको समस्याबाट राहत पाउन सकिन्छ । 
 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment