जाडो मौसममा पर्ने चायाबाट बच्न चिकित्सको यस्तो सुझाब

महिला स्वास्थ्य

२०७६ मंसिर १७ मंगलबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - जाडोयाममा छालासम्बन्धी विभिन्न समस्याहरु हुने गर्दछन् । त्यसमध्ये कपालमा चाया पर्ने समस्या एक हो । तुलनात्मक रूपमा गर्मीयाममा भन्दा जाडोयाममा कपालमा बढी चाया देखापर्छ ।  

साधारणतय चाया टाउकोमा मात्र सिमित रहन्छ । यस्तो अवस्थामा चिलाउने तथा कत्ला निस्कने हुन्छ । चाया अत्याधिक रुपमा फैलिएमा टाउकोको छालामा मात्र सिमित नभई अनुहार, कानको पछाडि र छातिमा समेत आउनसक्छ । चाया परेमा बेस्सरी चिलाउँछ र फुस्रो रातो हुने गर्दछ । कत्ला सेतो वा पहेँलो चिल्लो वा सुख्खा हुनसक्छ ।
 
यो समस्या ३ महिनाको शिशुदेखि बयस्क युवा तथा बृद्धावस्थामा समेत देखापर्नसक्छ । 

हर्मोनमा हुने परिर्वतन, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएमा, एचआइभि एड्स, अंग प्रत्यारोपण, न्युरोलोजिक समस्या, छारे रोग, टाउकोमा लाग्ने चोटपटक, मानसिक समस्या, अत्याधिक रक्सी सेवनले हुने समस्या जस्ता कारणले चाया अत्याधिक पर्ने गर्दछ ।   

चायाका कारण टाउको चिलाउने र कनाउँने गर्दा रातो हुने गर्दछ । कुनै व्यक्तिलाई  अन्य रोग लागेमा पनि चाया पर्ने गर्दछ यदि त्यस्तो कारणले चाया परेको छ भने उपचार गराउनुपर्छ ।

चायाबाट छुटकारा पाउनका लागी यि कुरामा ध्यान दिनुपर्छ । 

एन्टिडेन्ड्रफ सेम्पु, किटोकोनाजोल भएको सेम्पुहरु हप्तामा दुइपटक प्रयोग गर्दा चायाबाट छुटकारा पाउन सकिन्छ । यसबाहेक अन्य केहि रोगसंग सम्बन्धित छ भने त्यसको उपचार गर्नुपर्छ ।
समय–समयमा नरिवलको तेलले कपालको जरामा राम्ररी मसाज गर्नुपर्छ ।

मेथीमा निकोटिनिक एसिड र प्रोटिन पाइन्छ । दुई चम्चा मेथी राति भिजाएर बिहान पिस्ने र लेप बनाइ टाउकोमा लगाएर ३० मिनेटपछि धुने । यसो गर्दा कपाल बलियो हुनुका साथै चाया पनि हराउँछ ।

चाया अत्याधिक छालामा  फैलिएमा छाला रोग बिशेषज्ञको सल्लाह अनुसार मलम वा सेम्पुको प्रयोग गनुपर्छ ।  
 
(छाला तथा यौन रोग बिशेषज्ञ शिष्टता राजभण्डारीसँगको कुराकानिमा आधारित)

 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment