यसरी भयो सागको उद्घाटन

महिला स्वास्थ्य

२०७६ मंसिर १५ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा हुने खेलको आज उद्घाटन भएको छ ।

१३ औं साग स्थानीय सहजीकरण तथा व्यवस्थापन समिति संयोजक तथा गण्डकी प्रदेश सामजिक विकास मन्त्री नरदेवी पुनमगरले उद्घाटन गरेकी हुन् । साग २५ गतेसम्म चल्नेछ ।

‘पोखरा खेलकुदका लागि अति उत्तम ठाउँ हो । साग पोखरामा आयोजना गर्न पाउनु गौरवको कुरा हो,’ मन्त्री पुनमगरले भनिन्, ‘मौसम पनि खुलेको छ । नेपाली खेलाडीले पनि मौसमजस्तै खुलेर खेल्नुहोला ।’

पोखरामा हुने साग अन्तर्गत उद्घाटन खेल ब्याडमिन्टन हुँदैछ । पहिलो खेलमा बंगलादेश र पाकिस्तान भिड्दैछन् । पोखरामा हुने साग अन्तर्गतका खेलमा आयोजकले केही बेर फोटो पत्रकारलाई फोटो खिच्न मनाही गरेको थियो ।

१३ औं सागका २७ खेल पोखरासहित काठमाडौं र जनकपुरमा हुँदैछ ।

१३ औं साग अन्तर्गत पोखरामा आर्चरी, महिला फुटबल र क्रिकेट, ब्याडमिन्टन, ह्यान्डबल, ट्रायथोलन, भारोत्तोलन र ब्याडमिन्टन हुनेछन् । महिला क्रिकेट पोखरा रंगशालास्थित क्रिकेट रंगशालामा १६ गते हुनेछ ।

आर्चरी पोखरा रंगशालामा १९ गते हुनेछ । १७ गते महिला फुटबल, ह्यान्डबल १८ गते, बिच भलिबल बाराही घाटमा १९ गते, र भारोत्तोलन माटेपानीमा १९ गते हुनेछ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment