मिडवाइफहरु मातृ मुत्युदर न्युनिकरण गर्न सक्षम 

महिला स्वास्थ्य

२०७६ मंसिर १६ सोमबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - नेपालमा प्रति लाख जिवित जन्ममा २३९ मातृ मुत्युदर रहेको छ । यसलाई न्युनिकरण गर्नका लागी स्वास्थ्य सेवा भित्र मिडवाइफ्रि पदको आवश्यक रहेको मिडवाइफ्रि सोसाइटि अफ नेपालकी अध्यक्ष डा. लक्ष्मी तामाङले बताइन् । 

प्रत्येक बर्ष गर्भवती र सुत्केरी हुदाँ आउने जटिलताको कारणले विश्वभर करिब २ लाख ९० हजार महिला तथा ३ लाख नवजात शिशुहरुको मुत्यु भइरहेको छ । मिडवाइफहरुले महिला तथा नवजात शिशुहरुलाई जिवन र मुत्युमा फरक ल्याउन सक्दछन् । 

डा. तामाङको अनुसार मिडवाइफहरुले महिला तथा शिशुहरुको स्वास्थ्य जिवन सुनिश्चित गर्दछन् । यो सेवा चिकित्सकिय सेवाभन्दा लागत प्रभावकारी हुन्छ । मिडवाइफहरुले स्वास्थ्यका विभिन्न विधामा कार्य टोलिसँग मिली काम गरेमा महिला र शिशुहरुमा आउन सक्ने जटिलताहरुको प्रभाबकारी रुपमा व्यवस्थापन गर्न सक्ने छन् ।  मिडवाइफ्रि सेवाले महिलाको स्वास्थ्य तथा सामाजीक अवस्थाको सुरक्षा गर्नुका साथै महिलाहरुलाई सुत्केरी व्यथाको सामना गर्न सक्ने क्षमताको आत्मविश्वास बढाउँछ ।  

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार तथा मिडवाइफ्रि सेवा सम्बन्धि अभिमुखिकरण कार्यक्रममा एक अध्यनमा शल्यक्रिया मार्फत जन्मेका शिशु मध्ये ५० प्रतिशतमा दम र ३० प्रतिशतमा डाइबेटिज हुने गरेको उल्लेख गरेको बताइन् ।  

सो कार्यक्रमा स्थानिय जनप्रतिनिधि महिला अधिकारकर्मीहरुको संलग्नता रहेको थियो । 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment