जाडोमा ओठ फुट्ने समस्यालाई घरेलु तरीकाबाट समाधान गरौं 

महिला स्वास्थ्य

२०७६ मंसिर १९ बिहिबार

फेसबुक , जनाइएको , शेर्पा

जाडोको मौसममा अधिकांश मानिसहरूलाई छाला तथा  ओठ सुख्खा भएर फुट्ने समस्याले सताउने गर्दछ ।   मानिसको सौन्दर्यको प्रतिकको रूपमा लिइने ओठ जाडोको महिनामा अत्यधिक फुट्ने हुँदा तनावको विषय बन्न सक्छ । बाहिरको तापक्रम घट्दै गएमा ओठमा रहेको ग्रन्थिहरूले कम तेल निकाल्ने हुँदा ओठ फुट्न थाल्छ ।

ओठ सुख्खा भएर फुट्दा बोल्दा, खाँदा तथा हाँस्दासमेत पोल्ने गर्छ । त्यतिमात्र नभएर धेरै सुख्खा भएको खण्डमा दुख्ने, छाला नै निस्किने तथा रगत बग्ने सम्भावना पनि हुन्छ ।

 चिसो मौसममा मानिसहरू धेरै प्यास नलाग्ने भएर पानी पिउन पनि अल्छी गर्छन् । शरीरमा पानीको कमीले ओठ तथा शरीरको छाला फुट्ने समस्या निम्तिने गर्छ ।

ओठ फुट्ने समस्या भएका व्यक्तिहरूलाई ओठलाई चलाउने, जिब्रोले चाट्ने, छाला निकाल्ने गर्छन् । यस्तो बानीले ओठ झनै सुख्खा भएर धेरै फुट्नुका साथै रगत पनि आउने गर्छ । 

ओठलाई जिब्रोले चलाउने, ओठको छाला निकाल्ने बानी गर्नु हुँदैन । सामान्य तरिकाले ख्याल गर्दा पनि ओठ फुट्ने समस्याबाट छुटकरा पाउन सकिन्छ ।

ओठ फुट्न नदिनका लागि विभिन्न घरेलु विधिहरू अपनाउन सकिन्छ । ओठमा मह, घिउ, नरिवलको तेल, दूधको छाली, गिल्सिरिन, बदामको तेल आदि हलुका तरिकाले लगाउँदा ओठ फुट्ने समस्या कम हुन्छ । आजकल ओठ फुट्न नदिन बजारमा सजिलै तरिकाले विभिन्न ब्रान्डका सन्सक्रिन युक्त लिप गार्ड, भ्यासेलिनको प्रयोग गर्न सकिन्छ ।

धुम्रपानका कारण पनि ओठ फुट्न, सुक्खा तथा कालो हुन सक्ने हुँदा धूम्रपानलाई त्यागेर प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

एजेन्सी

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment