बिराट मेडिकल कलेजमा क्याथ ल्याब सेवा सञ्चालन

महिला स्वास्थ्य

२०७६ मंसिर २० शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा क्याथ ल्याब सेवा शुरु भएको छ । 

प्रदेश नं १ को नमूना अस्पताल बनाउने सोचले बिरामीका लागी सर्वसुलभ शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको सो अस्पतालमा मुटु रोगीहरुको उपचारका लागी अत्याधुनिक क्याथ ल्याब सेवा शुरु गरेको अस्पताल प्रशासनले जनाएको छ । 

सो सेवा सुनसरी निवासी १८ बर्षिया सिजन राईको परिक्षणबाट सुरु गरेको हो । 

राईलाई घरमा गित गाउँदा एक्कासी बेहोस भएपछि उपचारका लागी अस्पताल ल्याइएको थियो । उनि अस्पताल आइपुग्दा कोमामा गएको अवस्थामा थिए । परिक्षण गर्दा उनको दिमागको भित्री भाग पानी जम्ने कोठामा रगत जमेको थियो । 

सि.टि. स्क्यान, सि.टी. एन्जियो गर्दा समेत समस्या पत्ता लगाउन कठिन भएपछि डिजिटल सब्ट्रक्सन एन्जियोग्राफी (डिएसए) गर्दा दिमागको पानी जम्ने  नशाको धेरै भित्री भागमा गुजुल्टो देखीएको अस्पताल प्रशासनले बताएको छ ।   

सो परिक्षण न्यूरोलोजिष्ट र इन्टरभेन्सनिष्ट डा. सामर्थ सिंह, डा. बिबेक बैद्य, एनेसथेसिया बिशेषज्ञ डा. कनक, नर्सिङ स्टाफ उष्मा, भूमिका, एलिना लगायतका टिमको संलग्नतामा सफल जाँचका साथै अस्पतालमा क्याथ ल्याब सेवा सुचारु भएको हो।

डिजिटल सब्ट्रक्सन एन्जियोग्राफी परिक्षण यो एकदमै बिरलै हुने जटिल परिक्षण हो । यो परिक्षण गर्दा बिरामीलाई सुताएर एउटा खुट्टाको ठुलो नशाबाट तार पठाएर त्यो तारलाई मुटुको माध्यम हुदै अझ माथी दिमाग सम्म पुर्याउने गरिन्छ । यो प्रबिधिबाट जाँच गर्दा कन्ट््रास्ट हालेर जाँच गरिने भएकोले अरु रोग देखीए पनि उपचार गर्न सकिन्छ । 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment