ग्याष्ट्रिक हुन नदिन कस्तो खानपान आवश्यक ? 

महिला स्वास्थ्य

२०७६ मंसिर २३ सोमबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - खाना र खाना खाने शैलीको कारण नेपालीहरु ग्याष्ट्रिकबाट ग्रसित छन् । पेटसँग सम्बन्धित यो समस्याले समग्र स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्छ । समयमा नै ग्याष्ट्रिकबाट छुटकारा पाउन सकिएन भने दीर्घकालिन पीडा बन्न पुग्छ । ग्याष्ट्रिक आफैमा यस्तो रोग हो, जसले अरु संकटको जन्म दिन्छ । 

ग्याष्ट्रिक असन्तुलित खानपानले लाग्ने समस्या भएकाले खानपानको शैली बदल्न आवश्यक छ । ग्याष्ट्रिक हुन नदिनका लागी यी कुरामा ध्यान दिनुपर्छ । 

ग्याष्ट्रिक हुन नदिनका लागी समय समयमा  खाइरहनुपर्छ । 

ग्यास कम हुने खानेकुराहरु भोजनमा समावेश गनुपर्छ । 

सागतरकारी फलफुलहरु खानामा समावेश गनुपर्छ ।

मासु एकदम कम खानुपर्छ । 

खाना खानुभन्दा आधा घण्टा अगाडि झोलिलो पर्दाथ खानुपर्छ । 

ग्याष्ट्रिकको समस्या भएको व्यक्तिले खाना खाने बित्तिकैँ उतानो परेर सुत्नु हुदैँन ।

ग्याष्ट्रिक हुन नदिनका लागी समयमा खाद्य पदार्थ सेवन गनुपर्छ ।  

चिल्लोपर्दाथ भएको खानेकुरालाई बहिष्कार गनुपर्छ । 

अमिलो पिरो खानेकुराबाट टाढा रहनुपर्छ । 

 झोल पर्दाथ प्रशस्त मात्रामा खानुपर्छ ।

( प्रा. डा. जया प्रधानसँगको कुराकानीमा आधारीत )

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment