स्वस्थ्य दाँतका लागी शिशु अवस्था देखि नै सफा गर्नुपर्छ

महिला स्वास्थ्य

२०७६ मंसिर ३० सोमबार

फेसबुक , जनाइएको , शेर्पा

- पोषणबिद् उमा कोइराला 

काठमाडौं -  शरीरमा भएको क्याल्सियम, भिटामिन डि र प्रोटिन मिलेर दाँत बन्छ । हाम्रो शरीरको हरेक अंगको आफ्नै महत्व र आवश्यकता रहेको छ । दाँतले हामीले सेवन गरेको खानेकुरालाई टुक्राएर पाचन प्रणालीमा पठाउने गर्दछ । 

दाँत स्वस्थ्य राख्नका लागी शिशु अवस्थादेखि नै सफा गर्नुपर्छ । आमाको दुधमा चिनिको कण हुने गर्दछ । शिशुको दाँत हुदैन भनेर अभिभावकले बेवास्ता गर्ने गरेको पाइन्छ । तर शिशुलाई हरेक पटक दुध खुवाएपछि नरम कपडा भिजाएर गिजा पुछिदिनुपर्छ । यसो गर्दा इन्फेक्सन हुदैंन र गिजा पनि बलियो भएर जान्छ । 

हरेक शिशु एक बर्ष पुग्न लागेपछि चिकित्सकलाई देखाउनुपर्छ । कसैको दाँत उम्रने समयमा समस्या आउँन सक्छ । यदि दाँत उम्रदा केहि समस्या नभएपनि चिकित्सकको सल्लाह लिनुपर्छ । 

कतीपय मानिसहरुको सास गन्हाउने समस्या हुन्छ । लामो समयसम्म अक्सिजन मुख भित्र नपस्नाले, पेटको गढबढि, जिब्रोमा बसेको खाद्यपदार्थ सरसफाई नगर्नाले वा अन्य रोगका कारण सास गन्हाउन सक्छ । त्यसैले हरेक पटक खाना खाएपछि ब्रस गर्नका साथै जिब्रो पनि सफा गर्नुपर्छ । ल्वाङ खाएमा पनि सास गन्हाउने समस्याबाट राहत पाउन सकिन्छ । नुन पानिले कुल्ला गरेमा पनि सास गन्हाउने समस्या कम हुन्छ । 

मानिसहरुले जथाभाबि खानेकुरा खाँदा र दाँत सरसफाईमा नदिएमा दाँतमा किरा लाग्ने, कालो खैरो दागहरु देखापर्ने गर्दछ । साथै दाँतमा भएको सुक्ष्म प्वाललाई बेवास्ता गर्दा ति प्वालमा भोजनका कणहरु जम्मा भई अनेक समस्या निम्त्याउँन सक्छ । 

दाँँतलाई धेरै अभ्यास गराउनुपर्छ जसका कारण दाँत मजबुत हुन्छ । बालबालिकाहरुलाई धेरैजसो नरम खानेकुरा दिने गरिन्छ । तर यो मानसिकता गलत हो । बालबालिकालाई जति साह्रो खानेकुरा दियो त्यति नै दाँत बलियो हुने गर्दछ । जति दाँँत बलियो हुन्छ शरीर पनि उत्तिकै बलियो हुन्छ । 

दाँत स्वस्थ्य राख्ने उपायहरु 

दाँत मजबुत बनाउनका लागी पोष्टिक आहारको सेवन गर्नुपर्छ । 

 चिनियुक्त खानेकुरा खानुहुदैँन । 

शिशुलाई दुध खुवाएपछि अनिवार्य रुपमा गिजा पुछिदिनुपर्छ । 

बिहान बेलुका अनिवार्य रुपमा ब्रस गनुपर्छ । 

बालबालिकाको दाँत आएपछि अभिभावकले सचेतनाका साथ बिहान बेलुका ब्रस गराउनु पर्छ । 


 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment