जाडोमा झाडापखाला लाग्नबाट यसरी जोगाउनुस् बालबालिकालाई 

महिला स्वास्थ्य

२०७६ पुष ४ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं -  जाडो महिनामा खासगरी रोटा भाइरस नामक सुक्ष्म जीवाणुको कारणले बालबालिकाहरुलाई झाडापखाला लाग्ने गर्दछ । विश्वमा बालबालिकाको मृत्यु हुने कारणमा निमोनिया पछि झाडापखाला दोस्रो स्थानमा पर्छ ।  

रोटाभाइरस जाडो मौसममा बढी सक्रिय हुने गर्छ । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्छ। बिशेषगरी यसले पाँच वर्षमुनिका बालबालिकालाई बढि  प्रभावित पार्छ । 

रोटाभाइरस संक्रमित व्यक्तिको दिसामा यो भाइरस अत्यधिक मात्रामा पाइन्छ। यदि त्यो दिसा कुनै मध्यमबाट मुखमा पुगेमा त्यो व्यक्ति पनि संक्रमण सर्ने गर्दछ । कुनै हात भए उनिहरुले प्रयोग गर्ने सामान, खेलाउने खेलौना, पानी र खानेकुरा आदिको माध्यमबाट रोटा भाइरस सर्ने गर्छ ।  

रोटाभाइरस संक्रमणका कारण बारम्बार पानीजस्तो पातलो दिसासँगै बान्ता पनि हुने भएकाले कडा जलवियोजन हुने सम्भावना बढी हुन्छ। लगातार पानीजस्तो पातलो दिसा लाग्नु, बान्ता हुनु, पेट दुख्नु, अति जलवियोजन हुनु यसका प्रमुख लक्षण हुन्। 

बच्ने तरीका 

विश्वमा रोटा भाइरस विरुद्धको खोप विकास भैसकेको छ । 

प्रशस्त मात्रामा झोलिलो पदार्थ खुवाउनुपर्छ । 

दुधेबालक भए पटक पटक  दुध चुसाइरहनुपर्छ ।

खाना खाने बालबालिकालाई गेडागुडिको झोल वा दालको झोल प्रशस्त मात्रामा खुवाउनुपर्छ । 

बालबालिकालाई खाना खुवाउनुअघि साबुन पानीले राम्ररी हात धुनुपर्छ ।  

सरकारले आगामी वैशाखबाट रोटा भाइरस विरुद्धको खोप कार्यक्रम सुरु गर्ने भएको छ ।

(डा. सन्तोषानन्द झा शुक्रराज ट्रपिकल अस्पतालमा मेडिकल अफिसरको रुपमा कार्यरत छन् ।)

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment