'पत्रु खाना' को असरले भयावह रुप लिदै

महिला स्वास्थ्य

२०७६ पुष ११ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

-समृद्धा के.सी

काठमाडौं- जनस्वास्थ्य विज्ञहरूले पत्रु खाना (जंक फुड) ले भयावह रुप लिदै गरेको बताए । नेपालमा मात्र नभएर विश्वभर नै पत्रु खानाले भयावह रुप लिदै गरेको विज्ञहरुले बताए । नेपाल जनस्वास्थ्य प्रतिष्ठानले बिहीबार राजधानिमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै पत्रुखानाले नेपालमा सानै उमेरदेखि बालबालिकामा मधुमेह, मिर्गौलाको समस्या एवं मुटुको रोग, देखिन थालेको बताए । कार्यक्रममा जनस्वास्थ्य विज्ञ डा। महेश मास्केले हामी सबैले पुर्खौंलि खानालाई प्रोत्साहित गर्नुको साटो पत्रुखानालाई बढवा दिइरहेको बताए ।

उनले भने पत्रुखाना हामीले जिब्रोको स्वादका लागि खाईरहेका छौं । समाज र घरबाट यस्ता व्यवहारलाई परिवर्तन गर्नुपर्छ । नसर्ने रोग दिनप्रति दिन बढि रहेको छ । यी रोगहरु व्याक्टेरीयका कारण नभएर पत्रुखानाको अत्याधिक सेवनले बढिरहेको जनस्वास्थ्य विद डा। रिता थापाले बताईन् । बजारमा पाईने चाउचाउ, चाउमिन, पिज्जा बर्गर, मःम आइसक्रिम र कोक फेन्टा जस्ता पेय पदार्थको उपभोग गर्ने र यसलाई बढावा दिने प्रबृत्ति तथा व्यवहारलाई रोक्न जरुरी भएको डा। थापाले बताईन ।

नेपालको वर्तमान स्थिति अनुसार पुड्कोपना ३६ प्रतिशत , ख्याउटेपना ९ दशमलव ६ प्रतिशत , ५ वर्ष मुनिको कम तौल २७ प्रतिशत र १२ वर्ष मुनिको अधिक तौल १२ प्रतिशत रहेको उक्त कार्यक्रममा तथ्याकं प्रस्तुत गरिएको थियो । जनस्वास्थ्य विज्ञ डा। अरुणा उप्रेतीका अनुसार पत्रुखानाले कसैलाई पनि फाइदा पुर्याउदैन उल्टो यसले बच्चाहरूको शारीरिक र मानसिक विकासमा अबरुद्ध ल्याउनुका साथै गरिबीको दुश्चक्रको जालोलाई विद्यमानन राख्न मद्दत गर्छ । डा।उप्रेती भन्छिन् पिय पदार्थ रेडबुल, कोक, फ्यान्टा लगायत चाउचाउ र मैदाबाट बनेका खाने कुराले तत्काल असर नदेखिएपनि निकट भविष्यमा यसले नकारात्म असर पुर्याउँछ ।

कुपोषणको विभिन्न प्रत्यक्ष कारण मध्ये आमा गर्भवति भएदेखि अत्यावश्यक पोषण तत्वले भरिपूर्ण सन्तुलित आहारको कमी वा त्यसमा प्रर्याप्त पहुँच र पौष्टिक तत्व नभएको खानु तथा पेय पदार्थको सेवन गर्नु पनि एक हो । पत्रु खानामा पोषण तत्वको मिसावट गरी नेपालको कुपोषण समस्या हल गर्ने निजी क्षेत्रको पहल र यसबाट नेपाली विषेशगरी बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पारिरहेको हुनाले जनस्वास्थ्य विज्ञहरूले पत्रु खाना बहिस्कार अभियान शुरु गर्न लागेका छन् । उनीहरूले पत्रु खानाविरुद्ध अभियानका लागि हस्ताक्षर समेत गरेका छन्।

‘चाउचाउ खाएर कुनै पनि पौष्टिक तत्त्व पाइँदैन भन्ने कुरामा सचेत हुनुस्’ उनले भनिन्, ‘हाम्रा पुर्खाले भान्सामा जे पकाएर खाए त्यो नै हाम्रा लागि पौष्टिक खानेकुरा हो।’ बजारिया खानेकुराको साटो बरु घरमै बनेका हलुवा–रोटी–तरकारी, चना–चिउरा र मकै–भटमास जस्ता खानेकुरामा जोड दिन उनले आग्रह गरिन्।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment