बालबालीकामा पनि लाग्न सक्छ बाथ गरौँ यसरी पहिचान

महिला स्वास्थ्य

२०७६ पुष १३ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

- भागिरथी पण्डित 

काठमाडौं - बाथ यस्तो रोग हो जसले भर्खर जन्मेको शिशु देखि बृद्धा अवस्थाका व्यक्तिहरुलाई प्रभाव पार्न सक्छ । बाथ रोगले शरीरको भित्री जुनसुकै अंगलाई पनि असर गर्न सक्छ । यो शरीरको छाला, जोर्नी मासु, कम्मर, आँखा, मांशापेशी लगायत अन्य अंगबाट सुरु हुने बल्खुस्थित बयोधा अस्पतालमा बाथ रोग बिशेषज्ञको रुपमा कार्यरत डा. लोभ राज लोहनीले बताए ।  

डा. लोहनीका अनुसार बिशेषत हाम्रो समाजमा बाथ रोगलाई जोर्नीको दुखाई मात्र भनेर बुझिएको छ । बाथ रोग जोर्नीको दुखाई मात्र नभएर शरीरको जुनसुकै अंगलाई असर गर्ने रोग हो । नेपालको सन्दर्भमा गठिया बाथ प्रायः व्यक्तिमा हुने गर्छ जो जोर्नीको दुखाईबाट सुरु हुन्छ । १६ बर्ष मुनिका बालबालीकालाई जुबिनाइल आइडियोप्याथीक आर्थराइटिस (जेआईए) हुने गर्दछ । जेआईएको पनि धेरै प्रकारहरु छन् । यसले ३ वा ४ ओटा हड्डिलाई असर गर्न सक्छ । कुनैले एकैचोटि ६ ओटा भन्दा बढिलाई असर गर्न सक्छ । कुनैले पछाडिको भागलाई मात्र असर गर्न सक्छ । अन्य व्यक्तिलाई बाथ रोगले जसरी असर गर्छ बालबालिकालाई पनि त्यसरी नै असर गर्ने गर्दछ । 

उनि भन्छन् बाथ रोग लागेको आमाले जन्माएको नवजात शिशुको अनुहारमा रातो दाग देखिएमा त्यसलाई आमाको एन्टिबडिले शिशुमा एट्याक गरेको भनेर बुझिन्छ । यो पछि आफै निको हुन सक्छ । आमा बाथ रोगबाट ग्रसित छिन् भने  बालबालिकाहरुमा सानै उमेरबाट नै हार्ट फेल हुने, हार्ट ब्लक हुने जस्ता समस्या आउँन सक्छ । बालबालीकाहरु आफ्नो समस्याहरु बताउन नसक्ने अवस्थामा अभिभाबकले उनिहरुको रेखदेखमा बिशेष ध्यान दिनुपर्ने हुन्छ । बाथ रोगका लक्षणहरु यस्ता छन् । 

शरीरको कुनैपनि भाग सुन्निने, दुख्ने र कहिलेकाहि रातो पनि हुने गर्दछ । 

शरिर बिहान र साझँ धेरै कक्रक पर्ने घाम लागेसँगै समस्या कम हुदैँ जान्छ । 

सुरुमा आँखा रातो हुन्छ । आँखा रातो हुदाँ अभिभावकले ध्यान नदिए दृष्टिबिहिन गराउँन सक्छ । 

छालामा चाया कत्ला वा डाबर आउँने । 

कुनै बाथमा ज्वरो आइरहन्छ । 

कुनै बालबालिकामा  सुरुवाती चरणमा  डायरीया हुन्छ । डायरीया भएको दुई हप्ता पश्चात जोर्नी दुखेर पनि बाथ सुरु हुन्छ । 

उनका अनुसार बाथ रोग बंशानुगत कारणले पनि हुने गर्दछ । बुबाआमामा कुप्रिने बाथको समस्या भएमा छोराछोरीमा पनि हुनसक्छ । यो एक सय बालबालिका मध्ये ७ जनालाई हुन सक्छ । यो ७ प्रतिशतका कारण कुप्रिने बाथ रोग लागेको व्यक्तिको छोराछोरीमा यो दर बढि १२ प्रतिशत हुने गर्दछ । शरीरको बनावट तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई बाथको जोखिम उच्च रहन्छ । साथै वातावरण प्रदुषणले पनि बाथ रोग निम्त्याउँन सक्छ । 

चिसोमा रगतको नलीहरु साघुरो हुने गर्दछ । रक्तनली साघुरो भएपछि रगत सञ्चालन कम हुन्छ र हातका औँलाहरु रातो, निलो, सेतो भई तत्काल भित्री अंग फोक्सोलाई असर पार्ने उनले बताए ।  

उनि भन्छन् धेरैजसो मानिसहरु माझ रक्त नलिको बुझाई गलत रहेको पाइन्छ । सामान्यतय रगतको नलीलाई रक्त नलि भनिन्छ । नशाको दुखाईको समस्या सामान्य नभई बाथ रोग हो । बाथरोगले स्नायुलाई पनि असर गरेको हुन्छ । जसका कारण कलीलो उमेरमा बालबालीकालाई मस्तिष्कघात, प्यारालाइसिस गराइदिनसक्छ । 

उनका अनुसार बाथ रोग उपचारका लागी आफ्नै प्रकारका औषधिहरु उपलब्ध छन् । धेरेजसो व्यक्तिहरुलाई बाथ रोग लागेपछि उपचार गराउनुपर्छ वा अस्पताल जानुपर्छ भन्ने जनचेतनाको कमी भएका कारण धेरै जसो बिरामीहरु उपचारबाट बञ्चित छन् । भने बाथ रोगबारे जानकारी भएका केहि बिरामीहरु बाटोमा बेचेको धुलोहरु खाएर रोगलाई अझै भयाबह बनाइरहेका छन् । 

बाथरोगको छुट्टै उपचार पद्धती छन् । कुनै व्यक्तिलाई बाथ रोगको शंका लाग्ने बित्तिकै बाथ रोग बिशेषज्ञ कहाँ गएर परिक्षण गराउनु अति आवश्यक छ । बाथ रोग लागेको छोटो समयमा नै पत्ता लगाएर उपचार गराएमा छोटो समयमा नै निको हुन्छ । रोग लागेको  लामो समयसम्म उपचार गराएन भने औषधी पनि लामो समय सम्मै खानुपर्ने डा. लोहनीले बताए । 

उनका अनुसार बाथ रोगका बिरामीहरुले शारीरिक व्यायममा बिशेष ध्यान दिनुपर्छ । सामान्य मानिसले गर्ने शारीरिक व्यायम सँगै कुन जोर्नीको दुखाई हो त्यसलाई सिधा बनाउने खालका बिशेष व्यायमहरु गर्नुपर्ने हुन्छ । यदि व्यायम गरेन भने टेडोपना बांगोपना बढ्दै जान्छ । जोर्नीहरु दुखेको समयमा व्यायम गर्नुहुदैँन । जोर्नीलाई राम्रो बनाए पश्चात व्यायम गर्नुपर्छ । 

बाथ रोगको बिरामीलाई खानपान बार्नुपर्दैन तर चिसोबाट बच्नुपर्ने उनले बताए । उनका अनुसार बाथ रोगको औषधि सेवन गर्दा चिकित्सकको सल्लाह अनुसार समयमा नै खानुपर्छ । नचिनेको औषधिहरुको प्रयोग गर्नुहुदैँन । साथै लामो समयसम्म औषधि खानुपर्छ भनेर बिचमा छोड्नुहुदैँन । यसरी औषधि खान बिचमा छोडेमा मृत्युदर बढाउनका साथै अपागं हुने संम्भावना धेरै हन्छ । 

सामान्य खालको बाथ रोग लागेमा ३ महिना औषधि खाएपछि कम हुनसक्छ । भने कडा खालको बाथ रोग लागेमा लामो समयसम्म कडा र महंगो औषधि खानुपर्ने डा. लोहनीले बताए ।
 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment