जाडोमा डिप्रेसन: यसरी बच्न सकिन्छ

महिला स्वास्थ्य

२०७६ पुष १४ सोमबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - डिप्रेशन भन्नाले कुनै पनि व्यक्तिले राम्ररी सोच्न नसक्ने, भावनालाई नियन्त्रण गर्न नसक्ने र व्यवहारमा असामान्य परिवर्तन हुँदै जाने अवस्थालाई बुझिन्छ । डिप्रेसन धेरै प्रकारका हुन्छन् । त्यसमध्ये विन्टर डिप्रेसन एक हो । यसलाई नेपालीमा ‘हिउँदे उदासिनता’ भनिन्छ । यसलाई सिजनल डिप्रेसनका साथै मेडिकल भाषामा सिजनल एफेक्टिव डिसअर्डर भन्ने गरिन्छ । 

अन्य मौसममा नदेखिने तर जाडो लाग्नेबित्तिकै देखा पर्ने डिप्रेसन विन्टर डिप्रेसन हो । हिउँदमा दिन छोटो रात लामो हुन्छ । जाडोमा सूर्यको किरण खासै पर्दैन। शरीरमा पाइने सेरोटोनिन हर्मोन घामको प्रकाश शरीरमा पर्दा मात्र पाउन सकिन्छ। घामको आवश्यक किरण शरीरले नपाउनाले न्युरो केमिकल सेरोटिनिनको प्रयोग कम हुने गर्छ। न्युरो केमिकल सेरोटिनिनको कमीले विन्टर डिप्रेसन हुन्छ।

लक्षण तथा समस्याहरु

जाडोयाममा निन्द्रा बढी लाग्ने, खाना बढी रुच्ने  र शरिर आलस्य भएको महशुस हुनु विन्टर डिप्रेसनको सामान्य लक्षण हुन् । डिप्रेसनका प्रकार सगै लक्षण पनि फरक  हुन्छ् । कुनै डिप्रेसन हुँदा खान मन नलाग्ने, निद्रा नलाग्ने, तौल अनि खानपानमा तल माथि हुने जस्ता लक्षणहरु देखा पर्छन तर विन्टर डिप्रेसन हुँदा ठिक उल्टो हुन्छ । विन्टर डिप्रेसनमा खाना रुच्छ, निद्रा बढी लाग्छ, शारीरिक हेरचाहमा ख्याल जादैन, मोटाउँछ, एकदम थकाइ लाग्छ, र उर्जा नै नभएको जस्तो महशुश हुन्छ । यस्ता लक्षण देखापर्दा नकारात्मक सोचाइ आएर मानिस आत्महत्या गर्न पुग्छ । यो मौसमले प्राय सबैलाइ फरक पारे पनि यो रोगीलाई दैनिक जीवनमै निकै कठिनाइ हुन्छ ।

विशेषगरी ६ महिना दिन, ६ महिना रात हुने युरोपियन देशहरुमा  यो समस्या बढ्दो छ । नेपालमा पनि यो समस्या बढदे छ । न्यृुरो केमिकल उत्पादनमा घटी बढी हुनाले दैनिकी फरक बन्न पुग्छ । अरु मौसममा मानिस ठिकठाक हुने तर जाडो लाग्नेबित्तिकै डिप्रेसनका लक्षण देखा पर्ने गर्दछ । गर्मी ठाउँबाट बसाइँ सरेर जाडो ठाउँमा गएको छ भने पनि उसलाई यो डिप्रेसन हुन सक्ने सम्भाबना बढि हुन्छ ।
 
सिजनल एफेक्टिव डिसअर्डरबाट बच्ने उपायहरु

यो समस्या प्रत्यक्ष घामको प्रकाशसँग जोडिएकाले घाम लाग्ने ठाउँमा बस्नुपर्छ । कसैको अफिस वा घर घाम नलाग्ने ठाउँमा भए कोठा न्यानो पारेर राख्नुपर्छ । 

कसैको बानी बत्ती नबालिकन बस्ने हुन्छ सकेसम्म उज्यालोमा बस्नुपर्छ ।

हाम्रो समाजमा घाममा बसेर तेल लगाउने, बदाम खाने चलन छ । घाममा सेरोटोनिनको उत्पादन हुन्छ त्यसैले घाममा बस्दा आनन्द महसुस हुन्छ ।

बिहान अबेरसम्म नसुत्ने, मोर्निङवाक जाने, साइक्लिङ गर्ने, योग गर्ने अनि हल्का व्यायाम गर्दा शरीरमा स्फूर्ति बढ्छ ।

पर्याप्त मात्रामा मनतातो पानी तथा झोलिलो पदार्थ सेवन गर्नुपर्छ ।

माछा तथा आलस जस्ता ओमेगा ३ भएको खानेकुरा खाने गर्नुपर्छ ।

सिजनल एफेक्टिव डिसअर्डरबाट प्रभावित व्यक्तिहरुको उपचार लाईट थेरापीअन्तर्गत ब्राईट लाइट ट्रिटमेन्ट र डानसिभुलेसन दुई तरीकाले उपचार गरिन्छ । ब्राइट लाईट उपचारमा रोगीलाई लाईट बक्सको अगाडि प्रत्येक दिन बिहान आधा घन्टासम्म बस्न लगाइन्छ । डानसिभुलेसनमा बिहान सुतेको बेलामा रोगी छेउमा मन्द प्रकाश जिऊमा लगाइन्छ । पछि बिस्तारै प्रकाश तेज हुँदै जान्छ । अर्थात् सुर्योदयजस्तै कृत्रिम वातावरण तयार पारिन्छ ।

यसवाहेक डिप्रेसन हटाउने औषधि मनोचकित्सकको सल्लाहमा दिइन्छ । यदि बिरामी ऊग्ररुपमा छैन भने मनोपरामर्श अन्तर्गत कग्निटिभ विहेबियरल थेरापी (सीबीटी) बिधिको प्रयोग गरी उपचार गरिन्छ ।
 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment