जाडोमा कस्तो खानपान उपयुक्त

महिला स्वास्थ्य

२०७६ पुष १५ मंगलबार

फेसबुक , जनाइएको , शेर्पा

 काठमाडौं - देशभर जाडो बढिरहेको छ । जाडो बढेसँगै अनेक स्वास्थ्य समस्या हुने गर्दछ । त्यसबाट बच्नका लागि कपडा लगाएर मात्र हुँदैन, तातो खानेकुरा समेत खानुपर्छ । कहिलेकाँही जाडोमा तातो  खानेकुरा खाँदा उल्टै स्वास्थ्यमा हानी पुर्याउन सक्छ । त्यसैले जाडोमा कस्ता खानेकुरा खाने र कस्ता नखाने भन्ने ज्ञान हुन पनि जरुरी छ ।

रंगीन फुड हेर्दा सुन्दर र आकर्षक मात्र देखिँदैन, जाडो मौसममा यसको पोषक तत्वले पूर्ण आहार पनि प्रदान गर्छ । यो मौसममा हड्डीलाई न्यानो प्रदान गर्न, रुघाखोकीबाट मुक्त राख्न मद्धत गर्छ । अनेकौं मौसमी फल एवं तरकारीको सही उपयोग गरी स्वस्थ एवं फिट रहन सकिन्छ ।

हरियो सागपातको सेवन गनुपर्छ । यसमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियम पर्याप्त मात्रामा हुन्छ । 

जाडोमा गाजरको सेवन गर्नु स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक हुन्छ । कम चिनी हालिएको गाजरको खीर यो मौसमका लागी उपयोगी खाना हो । 

पानी एवं अन्य तरल पदार्थको सेवन पर्याप्त मात्रामा गर्नुपर्छ । बालबालिका तथा बृद्धहरूले चिसो खाद्य पदार्थको सेवनबाट जोगिनुपर्छ ।

खानामा भिटामिन सि को मात्रा धेरै समाबेश गरेमा चिसोबाट बच्नुका साथै रुघाखोकी लाग्दैन। 

भिटामिन डी को प्रयोगले हड्डीलाई बलियो बनाउने काम गर्छ। यसका साथै भिटामिन डीले भिटामिन ए, आइरन र क्याल्सियमको मात्रा पनि वढाउने काम गर्छ।

चिसो मौसममा सुन्नुभन्दा अघि तातो दुध खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । तातो दुधमा वेसार वा अदुवा मिसाएर खानु अझै लाभदायी मानिन्छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment