कहिले पाउँछन् एचआईभी संक्रमितले अनेक लान्छनाबाट मुक्ति ?

महिला स्वास्थ्य

२०७६ पुष १५ मंगलबार

फेसबुक , जनाइएको , शेर्पा

- समृद्धा के.सी 

काठमाडौं - नेपालमा रहेका १९ हजार एचआईभी संक्रमितहरुले एन्टिरेक्टो भाइरल औषधि सेवन गरिरहेका छन् । एन्टिरेक्टो भाइरल एचआईभी सङ्क्रमण भएका व्यक्तिहरुको आयु बढाउने औषधि हो ।

एचआईभीलाई निको पार्ने औषधि अहिलेसम्म विश्वका कुनैपनि देशका वैज्ञानिकले पत्ता लगाउन सकेका छैनन् । उनीहरुले पत्ता लगाएको एन्टीरेक्टो भाइरल नामको औषधिले यो सङ्क्रमण निको पार्ने नभई सङ्क्रमितको आयु केही समयसम्म पर धकेल्न सक्छ ।

एचआईभी संक्रमितका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले सहयोग गरिरहेका छन् । भने कती संक्रमितहरु दैनिक जिवनमा आवश्यक पर्ने आधारभुत आवश्यकताहरु पुरा गर्न दिनहु काममा खटिरहेका छन् । 

अहिलेको समयमा पनि हाम्रो समाजमा एचआईभी संक्रमीत व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन । हाम्रो समाजमा एचआइभीलाई भयावह रोगका रुपमा लिइन्छ । जसका कारण संक्रमीतहरुलाई अनेक लान्छना वा विभेद गर्ने परम्परा कायम रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विषशेज्ञ डा. अनुप बास्तोलाले बताए । 

एचआइभी संक्रमितहरुलाई व्यवस्थापन वा प्रतिस्थापन गर्न समाजले आफ्नो भुमिका निर्वाह गर्न सकेको छैन । समाजमा रहेका सदस्यहरु उनिहरुको समस्याको मलम बन्नुपर्ने ठाउँमा नुन बनिरहेका छन् । संक्रमितहरु रुदै सुनाउछन् एचआईभी संक्रमित भएकै कारण स्वास्थ्य संस्था र  चिकित्सकहरु बाट पनि  दुर्रव्यवहार भोग्नु परेको छ । 

डा. बास्तोलाको अनुसार कतिपय एचआईभि संक्रमितहरु  जिवन्त रहनका लागी जिविकोपार्जन गरिरहेका छन् । धेरै किसिमका व्यक्तिहरुलाई मैले उपचार गरिरहहको छु । तर समाजमा रहेको लान्छनाबाट उनिहरु डिप्रेशनका साथै एन्जाईटिको शिकार हुन पुगेका छन् । 

स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार २९ हजार ९ सय ४४ जना एचआईभि संक्रमित रहेका छन् । जसमध्ये पुरुषको संख्या १७ हजार ७ सय ६२ र महिलाको संख्या १२ हजार २ सय १२ जना रहेका छन् । सन् २०१८ को अन्त्य सम्म विश्वभर ३ करोड ७९ लाख मानिसहरुमा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ ।

संक्रमीतलाई समाजमा हेर्ने नजर कसरी परिवर्तन गर्ने 

सबै भन्दा पहिला रोगको पहिचान गर्न जरुरी छ । मधुमेह रोगका बिरामीले मलाई मधुमेह रोग लागेको छ म यो औषधी खान्छु भनेर खुलेर कुरा गर्छन् । तर एचआईभी लागेका व्यक्तिहरु खुलेर बोल्न सक्दैनन् । हाम्रो समाज एचआईभीलाई सिधै यौन सँग जोडेर नराम्रो नजरबाट हेरीनका साथै खराब व्यक्तिको संज्ञा दिइन्छ । एचआईभि भएका व्यक्तिले नियमित रुपमा औषधि सेवन गरे उनिहरुको आयु अन्य व्यक्तिको जस्तो हुन्छ । 

एचआइभि ज्यान मारा रोग हैन यो मधुमेह, उच्च रक्तचाप जस्तै औषधी आएर व्यवस्थापन गर्न सकिने  दिर्घ रोग हो । समयमा नै  एचआइभीको पहिचान गरेर औषधी उपचारमा गरेमा उनिहरुको आयु नर्मल हुन्छ । 

समाजमा एचआइभी भएका व्यक्तिलाई छोएर, सँगै बसेर एउटै थालमा खाना खाएर, अथवा हात मिलाउदैमा , अंकमाल गदैमा सर्ने रोग हैन भन्ने जनचेतना फैलाउन जरुरी छ । सामान्यतया समाजमा एक व्यक्ति र अर्को व्यक्तिबिच गरिने क्रियाकलापले एचआइभि सर्देन । एचआइभी सर्ने मुख्य कारण भनेको असुरक्षित यौन सम्पर्क  र  कुलतमा फसेका व्यक्तिहरुले सुईद्धारा लागूपर्दाथ प्रयोग गर्नाले एचआइभी सर्ने गर्दछ । 

एचआइभी संक्रमित भइसकेको व्यक्तिले ए आर टी खाएर यसको शरीरमा भाइरल न्युन भएको अवस्थामा उसको पार्टनरलाई पनि एचआइभी सर्दैन । यसलार्इ सबैले सामान्य रोगका रुपमा लिनुपर्छ । समाजमा एचआइभी लागेका व्यक्तिलाई विभिन्न किसिमका लान्छना लगाएर अपहेलना गरेमा डिप्रेशनको शिकार हुन सक्छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ७७  जिल्लाकै एचआइभी संक्रमित आउँने गरेका छन् । उनिहरु अस्पतालमा समाजबाट अपहेलित हुनु परेको गुनासो .पोख्छन् । डा. अनुप बास्तोलाको परामर्शमा नियमित रुपमा २२ सय संक्रमितले एचआइभीको औषधि सेवन गरिरहेका छन् । जसमध्ये महिलाको भन्दा पुरुषको संख्या बढि छ । 

सरकारले आफ्नो जिल्लामा एआर टी सेन्टर खोल्दिदा पनि कतिपय एचआइभी संक्रमितहरुले त्यँहा औषधी नखाएर काठमाडौं नै आउने गरेका छन् । किनभने समाजमा कसैले एचआइभी संक्रमीत भएको जानकारी पाए आफुलाई हेर्ने नजर परिर्वतन हुने वा अनेक लान्छनाको डरले नजिकैको सेन्टरमा नगएर काठमाडौ नै आएर औषधि लिइरहेका छन् । एचआइभी संक्रमितहरुका लागि सेवाको हिसाबले टेकु अस्पताल राम्रो मानिन्छ । 

जब सम्म स्वास्थ्य शिक्षामा हामीले एचआइभी शिक्षा समाबेश गर्दैनौं तब सम्म यसलाई हेर्ने दुष्टिकोणमा परिवर्तन आउन कठिन छ । 

विश्व लगायत नेपालमा एचआईभीको अवस्था 

विश्वमा सन् २००४ लाई सबैभन्दा बढी एचआईभी संक्रमितको मृत्यु भएको वर्षका रूपमा चिनिन्छ । भने सन् २०१८ मा पुग्दा एचआईभी संक्रमितको मृत्युदर ५६ प्रतिशतले घटेको छ ।  

सन् २०१८ मा विश्वका २ करोड ३३ लाखले एचआइभी उपचार पाइरहेका छन् । जसमा सन् २०१९ जुलाईसम्म १७ हजार ९ सय ८७ जना नेपाली एचआइभी संक्रमीतले उपचार गराइरहेका छन् । 

देशभर १७५ एचआइभी केन्द्रहरु सञ्चालनमा रहेका छन् । 

एचआईभी परीक्षण कार्यक्रमको बर्तमान अवस्थामा 

२०७५र ७६ को संक्रमितको तथ्यांक 

प्रदेश १  २८७ 

प्रदेश २ ३७३ 

प्रदेश ३ ५८३ 

गण्डकी १६५ 

प्रदेश ५ ५५२ 

कणाली प्रदेशमा  २५ 

सुदुरपश्चिम प्रदेश ३१३ 

माथीको तथ्यांक अनुसार सबै भन्दा बढि संक्रमीत प्रदेश नम्बर ३, प्रदेश ५ रहेका छन् भने सबै भन्दा कम कर्णाली प्रदेशमा भेटिएका छन् । त्यसमध्ये २ हजार २ सय ९८ नयाँ संक्रमित थपिएका हुन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सरुवा रोग विषशेज्ञ डा. अनुप बास्तोलासँगको कुराकानीमा आधारीत 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment