क्यान्सर र उपचार विधि 

महिला स्वास्थ्य

२०७६ पुष २० आइतबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं -  बदलिदो जीवनशैली तथा गलत खानपानका कारण शरीरमा विभिन्न किसिमको रोग लाग्ने गर्छ । यसको मुख्य कारण भनेको अस्वस्थ्यकर खानपान तथा बदलिदो जीवनशैली नै प्रमुख हो ।

आश्चर्यजनक के छ भने, ९० प्रतिशत मानिसको मृत्यु क्यान्सर रोगको कारण नभई उपचारको क्रममा मृत्यु हुने गर्छ । त्यसैले, निकै सावधानीपूर्वक यसको उपचार जरुरी छ ।

 हाम्रो शरीर स साना कोषिकाहरुबाट बनेको हुन्छ । ती कोषिकाहरुको विभाजन अनियन्त्रित तरिकाबाट हुन गएमा अथवा काषिकाहरुलाई नियन्त्रण गर्ने क्षमता हाम्रो शरिरमा कम हुदै गएमा क्यान्सर रोग लाग्ने सम्भावना बढी हुन्छ । 

हाम्रो शरिरमा रहेको ती कोषिकाहरुको विभाजनलाई नियन्त्रण गर्ने एक प्रकारको जीन हुन्छ । जव जीनले आफ्नो काम गर्दा कुनै प्रकारको रोकावट भएमा हाम्रो शरिर भित्र भएको कोषिकाहरु अनियन्त्रित हुन गइशरिरको कुनै पनि भागमा ट्युमर देखापर्दछ । यस प्रकारको ट्युमरले शरिरको खन्य भागहरुमा आक्रमण नगरे यसलाई Benign tumor  भनिन्छ । यस प्रकारको ट्युमर एकदमै कम खतरा युक्त हुन्छ । 

यदि ट्युमर शरिरको विभिन्न कोषिकाहरुमा असामान्य तरिकाले फैलिएर अस्वभाविक तरिकाबाट वृद्धि भई शरीरलाई हानी पुर्याएमा त्यस्तो ट्युमरलाई  Malignant tumor अर्थात क्यान्सर रोग लागेको भनिन्छ । 

आजैपनि हाम्रो समाजमा क्यान्सर रोग भन्ने वित्तिकै उपचार नभ्उको रोगका रुपमा लिईन्छ तर यो सोचाई गल्त  हो अहिले क्यान्सर रोगको उपचार नेपालमा पूर्ण रुपमा सम्भव भइसकेको छ । 

मानिस जन्मेपछि एक दिन मर्नु नै पर्छ तर हामी क्यान्सर रोगलाई मृत्यवरण रोगका रुपमा लिन्छौं तर यो गलत हो । क्यान्सरपनि अन्य रोगहरु जस्तै समयमै उपचार गराए पछि निको हुने रोग हो । 

विश्वर भर क्यान्सर भयावह रोगका रुपमा फैलिदै छ । क्यान्सरबाट बच्नका लागि जीवनयापनमा विषेश ख्याल राख्नु पर्ने हुन्छ । 

क्यान्सर रोगको उपचार विधि 

सर्जरीः क्यान्सर लागेको अंग र त्यस वरिपरिको पछि क्यान्सर पलाउन सक्ने अंगलाई काटेर फालिदिने विधि हो । कुनै कुनै क्यान्सर शल्यक्रिया पछि अन्य उपचार गर्न नपर्ने हुन्छ । 

केमोथेरापीः क्यान्सर कोष तथा कोषिकाहरुलाई कम गर्ने तथा मार्नको लाििग प्रयोग गरिने औषधिलाई केमोथेरापी भनिन्छ । यो ओषधि रगतको नशाबाट तथा मुखबाट दिने गरिन्छ । 

रेडियोथेरापीः क्यान्सर लागेको भागमा वा त्यसअंगको वरिपरिको भागमा विकिरण पद्धतिबाट  सेकी उपचार गरिन्छ र रेडियोथेरापीलाइए बोली चालिको भाषामा सेकाइ पनि भनिन्छ । यो सेकाइ गर्दा विरामीहरुलाई केही थाहा हुदैन । 

हर्मोनल थेरापी ः विभिन्न हर्मोनको प्रयोग गरि उपचार गर्ने विधिलाई हर्मोनल थेरापी भनिन्छ । 

इम्युनोथेरापीः क्यान्सर रोक्ने क्षमतालाई बृद्धि गर्ने विधिलाई इम्युनोथेरापी भनिन्छ । 

महिला स्वास्थ्य

Loading...
Loading...