कुन मौसममा कस्तो मेकअप गर्ने 

महिला स्वास्थ्य

२०७६ पुष २० आइतबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - अरूभन्दा फरक देखिने चाह सबैमा हुन्छ । आफुलाई फरक बनाउनका लागी ड्रेस, मेकअपमा होसियारी अपनाउनुपर्छ । मेकअप गर्दा बजारमा पाइने जुनसुकै क्रिम लगाउनु हुँदैन । बजारमा पाइने जुनसुकै क्रिम लगाउँदा अनुहारमा विभिन्न रोग, डन्डिफोर, एलर्जी, दागहरू देखिन सक्छन् । त्यसैले मेकअप प्रोडक्टको गुणस्तरमा ध्यान दिनु आवश्यक छ । 

मेकअप प्रोडक्ट खरिद गर्नु अगाडि आफ्नो स्किनमा कस्तो मेकअप सुहाउँछ त्यसबारे ब्युटिसियनसँग सल्लाह लिँदा उपयुक्त हुन्छ । 

स्किन अनुसारको मेकअप प्रोडक्ट प्रयोग गर्नुपर्छ । त्यसैले मेकअप गर्नुपूर्व आफ्नो स्किन कस्तो प्रकृतिको छ भनेर जाँच गर्न जरुरी हुन्छ । ओइली र ड्राई स्किनका लागि छुट्टाछुट्टै प्रडक्ट प्रयोग गर्नुपर्छ । 

मेकअप प्रोडक्ट आवश्यकता अनुसार प्रयोग गरिन्छ । त्यसैले कुनै प्रोडक्ट खरिद गर्दा हेर्नुपर्छ । एक–डेढ वर्ष पहिलेको मेकअप सामग्री खरिद गर्नुहुँदैन । किनकि, स्किनसँग लापरबाही गर्नुहुँदैन । 

कतिपय मानिसले जाडो र गर्मीमा एकै प्रकृतिको मेकअप सामग्री प्रयोग गर्छन् । तर, यसो गर्दा छालामा प्रभावकारी प्रतिक्रिया नदेखिन सक्छ । जाडोमा छाला सुक्खा भएको हुन्छ भने गर्मीमा चिल्लो । जाडोमा मोस्चराइजरको बढी प्रयोग गर्नुपर्ने हुन्छ । गर्मीमा चाहिँ मोस्चराइजरको प्रयोग गरिँदैन । बरु स्किन टोनर प्रयोग गर्नुपर्छ । जाडो र गर्मी मौसमकै लागि भनेर छुट्टाछुट्टै खालका प्रडक्ट खरिद गर्न सकिन्छ ।

खासगरी नेपाली र इन्डियनको फेसियल स्ट्रक्चर, कलर उस्तै–उस्तै खालको हुन्छ । त्यसैले बढी मात्रामा इन्डियन प्रडक्टको प्रयोग गर्दा राम्रो हुन्छ । यद्यपि, गुणस्तरीय खालका नेपाली प्रडक्ट पनि राम्रा छन् । पश्चिमा मुलुकमा बनेका प्रायः प्रडक्ट गोरो छालाका लागि तयार पारिएको हुन्छ ।

क्वालिटी प्रोडक्ट हाई युज गर्दा स्किन लोटस, लेडलन, लोरेल, भिओभी लगायतका प्रोडक्ट प्रयोग गनुपर्छ । 


 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment