जाडोमा सुन्दर बन्न खानुस् यी फलफूल

महिला स्वास्थ्य

२०७६ पुष २४ बिहिबार

फेसबुक , जनाइएको , शेर्पा

प्रायः सबै खाने कुराले को आ आफ्नै आलको उर्जा दिने गर्दछ । त्यसैगरि  फलफूलले पनि हाम्रो छाला स्वस्थ , फूर्तिलो  र सुन्दर बनाउन मद्दत गर्दछ । 

जाडोमा यस्ता  फलफूल खादा अनुहारको छालाका लागि फाइदा पुग्ने गर्दछ:

अनार
अनारले छालालाई स्वस्थ बनाउँछ। अनुहार चाउरिन दिँदैन। जाडोमा अनार खाँदा रोमछिद्र खुल्छन् र छाला चम्किलो बन्छ।

किवी
किवीमा भिटामिन ई र एन्टी–अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। यसले छालाका कोशिकालाई लामो समयसम्म स्वस्थ राख्ने काम गर्छ।

केरा
केरामा पोटासियम प्रशस्त मात्रामा हुन्छ। जसले रुखो छालालाई नरम बनाउँछ। केरामा पाइने भिटामिन ई र सीले छालामा चमक ल्याउँछन्। वजन बढ्ने डरले केरा खान गाह्रो लाग्छ भने यसको प्याक बनाएर अनुहारमा लगाउनुपर्छ। जाडोमा केराको प्याक लगाउँदा छाला स्वस्थ र नरम बन्छ।

भुइँकटहर
यसमा पाइने एन्टी–अक्सिडेन्टले अनुहारको छाला चाउरिन दिँदैन। साथै, काला दाग–धब्बा र ब्ल्याकहेड्सबाट पनि अनुहारको छालालाई बचाउँछ।

मेवा
भिटामिन ए प्रशस्त पाइने मेवाले मृत कोशिकलाई हटाउने काम गर्छ।

अमला
अमलाले रगत सफा गर्छ। जसले गर्दा अनुहारमा चमक आउँछ।

एजेन्सी

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment