माघे संक्रातीमा खाइने स्वस्थ्यकर चाकु र तिलको लड्डु बनाउँने तरीका  

महिला स्वास्थ्य

२०७६ पुष २९ मंगलबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं- माघ १ गतेलाई माघे संक्रान्ति, मकर संक्रान्ति र माघीको नामले चिनिन्छ ।  किरातहरुले नँया बर्षको रुपमा परम्परा देखी नै यो पर्व मनाउँदै आएका छन् ।    

यो पर्व नेपालभर मनाइन्छ । माघ १ गते बिहानै  नदीमा स्नान गरि  मन्दिरमा पूजाआजा गरिन्छ । यो पर्वमा  घिउ, चाकु, तिलको लड्डु, तरुल र खिचडि लगायत अन्य परिकाहरु खाने गरिन्छ । 

शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने, चिसोबाट मुक्त  गराउँनुका साथै  छालासम्बन्धी रोगहरुबाट पनि बचाउँने  गरेको बिशेषज्ञहरु बताउँछन ।

यो पर्वमा धेरैजसो परिकार घरमा नै बनाएर खाइन्छ । तर चाकु र तिलको लड्डु किनेर खाने प्रचलन  छ । यसलाई पनि हामी घरमा नै बनाएर खादाँ अझ स्वस्थ्यकर मानिन्छ ।  । 

घमै चाकु बनाउने सरल  तरिकाः

चाकु बनाउन सुरुमा सखर टुक्रा बनाइ पानीमा  मिसाएर उम्माल्ने, उम्लिरहेको समयमा त्यसलाई चलाइरहनु पर्छ अन्यथा पिधँमा लाग्न सक्छ ।  

यसरी केही समय राम्रोसँग पकाएपछि त्यसलाई खुल्ला भाँडोमा खन्याउने

केही बेर त्यतिकै राख्ने र केहि बेरपछि  जब सम्म  रंगमा  फरक आउँदैन त्यतिञ्जेल फिटिरहने   

फिटेपछि त्यसमा आफूलाई चाहिने जति काजु, नरिवल, किसमिस लगायतका मसलाहरू मिसाउने र केहि समय त्यतिकै खुल्ला छोडिदिने 

केहि समय पश्चात चाकु तयार हुन्छ ।  

तिलको लड्डु बनाउँने तरीका: 

तिलको लड्डु बनाउनका लागी पनि सख्खरको आवश्यकता पर्छ। तिललाई राम्रोसँग भुटेर एउटा भाँडोमा राख्ने । 

भुटेको तिलमा राम्ररी पाकेको सखर खन्याउने

त्यसलाई राम्रोसँग मोल्ने अनि  साना साना टुक्रा बनाउने र त्यसलाई गोलो बनाउने 

त्यसपश्चात लड्डु खानको लागी तयार हुन्छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment