दुर्गा प्रसाईले दिए अख्तियारमा उपाध्यक्ष डा.गिरी विरुद्ध मुद्धा  

महिला स्वास्थ्य

२०७६ पुष २९ मंगलबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - झापास्थित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका वरिष्ठ उपाध्यक्ष डा. श्रीकृष्ण गिरी बिरुद्ध अख्तियार ,अनुसन्धानमा मद्धा हालेका छन् ।

सञ्चालक प्रसाईले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा.गिरीको सम्पत्ति शुद्धीकरण गराइ पाउँ भनेर अख्तियारमा उजुरी दिएको बताए । 

अस्पतालको सम्पूर्ण भौतिक पूवार्धार,  कागजात पुरा गरिसकेको बर्षै बिति सक्दा समेत मेडिकल कलेज संञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले लाईसेन्स नदिएको र उल्टै  आयोगका उपाध्यक्ष डा. गिरीले २० करोड घुस मागेको गतहप्ता प्रसाईले आरोप लगाएका थिए । 

कार्यक्रममा प्रसाईले लामो समय देखि आफ्नो मेडिकल कलेजका लागि सम्बोधन दिन्छु भन्दै राज्यले झुक्याएको र राज्यबाट आफु लुटिएको दुखोसो पोखे । 

प्रसाईले यही विषयलाई लिएर सर्वोच्च अदालतमा डा.गिरी विरुद्ध मुद्धा हाल्ने समेत चेतावनी दिएका छन् ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment