कारोनाभाइरसबाट बच्न कस्तो अवस्थामा हात धुने

महिला स्वास्थ्य

२०७६ चैत्र १४ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - विश्वव्यापी माहामारीको रुप लिइहेको कोरोनाभाइरसबाट बच्ने सहि उपाय घरमा नै बस्ने र समय समयमा हात धुनुपर्ने चिकित्सकहरु बताउँछन् । 

उनिहरुको अनुसार धेरैजसो किटाणुहरु हातको माध्यमबाट सर्ने गर्दछ । त्यसैले हात सरसफाइमा बिशेष ध्यान दिनुपर्छ । किटाणुहरु हातको माध्यबाट शरीरमा प्रबेश गर्न नदिन यस्तो समयमा हात धुनुपर्छ । 

कुन समय ?

नाक सफा गरेपछि, 

खोकेपछि वा हाच्छ्युँ गरेपछि,

सार्वजनिक यातायात, बजार वा धार्मिक स्थलहरूजस्ता सार्वजनिक स्थानहरूमा गएर फर्केपछि

नगद पैसा लगायत घर बाहिरका अन्य वस्तु छोएपछि

अस्वस्थ व्यक्तिको हेरचाह गर्नुभन्दा पहिला तथा गरिसकेपछि

खाना खानुभन्दा अगाडी तथा खाईसकेपछि

शौचालयको प्रयोग गरिसकेपछि

फोहोर मैला छोएपछि

घरपालुवा वा अन्य जनावरहरूलाई छोएपछि

बालबालिकाको डाईपर फेरेपछि वा उनीहरूलाई शौच कार्य गराईसकेपछि

हात फोहोर भएको महशुस भएपछि 

हात दैनिक रुपमा हामी सबैले धुन्छौं । तर धेरैजसो मानिसले हात धुदाँ औंलाको काप, हत्केला र बुडि औंलामा माड्न बिसिन्छौं । यसरी हातधुदाँ किटाणुहरु बाकिँ बसेर रोग लाग्ने धेरै हुन्छ त्यसैले हामीले हात धुदाँ सहि तरीकाले हात धुनुपर्छ । 

हात धुने तरीका ?

सुरुमा पानीमा हात भिजाउने,

भिजेको हातमा फिज आउने गरि साबुन लगाउने,

त्यसपछि हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २० सेकेण्डसम्म राम्रोसँग मिच्ने,

बगिरहेको पानीले राम्ररी हात पखाल्ने,

सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने 

हात धुदाँ कम्तिमा २० सेकेण्ड लगाएर हात धुनुपर्दछ । पर्याप्त समय हात धोएको मात्र किटाणु हात बाट जान्छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment