दाँत सफा गर्ने सहि तरीका

महिला स्वास्थ्य

२०७६ चैत्र २१ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - स्वस्थ शरीरका लागि स्वस्थ दाँत आवश्यक छ । स्वस्थ दाँतले स्वास्थ्यलाई मात्र नभई लुक्सलाई समेत प्रभावित तुल्याउँछ । त्यसैले सफा दाँतको लागि उचित ध्यान र स्याहार आवश्यक पर्छ ।

हरेक व्यक्तिको दाँत सफा गर्ने आफ्नै तरिका हुन्छ । तर दात सफा गर्दा ब्रसको प्रयोग गर्ने तरिका भने प्रायः सबैको एउटै हुन्छ । कतिपय मानिसहरूले सही तरिकाले दाँतलाई सफा गर्न जान्दैनन् । जसका कारण दाँतमा अड्किएको कण दाँतमा नै बस्ने चिकित्सकहरू बताउँछन् । उनिहरुको अनुसार  दैनिक दाँत सफा गर्दा जिव्रोको समेत सफाइ गर्नुपर्छ । यी केही तरिकाले दाँत माझ्दा सफा र स्वस्थ हुन्छ ।

ब्रसको किस्टललाई गिजाको लाइनमा ४५ डिग्री को कोण बनाएर राख्नुपर्छ । ब्रसको किस्टललले दाँत र गिजाको सतह दुबैलाई छोएको हुनुपर्छ । 

२ देखि ३ वटा दाँतको बाहिरी भागलाई छुनेगरी ब्रसलाई हल्लाउने (भाइब्रेसन) र विस्तारै घुमाई मिलाएर ब्रस गर्नुपर्छ । यसरी नै अन्य दाँतहरुलाई  पनि ब्रस गर्दै जानुपर्छ । 

४५ डिग्री को कोण बनाएर गिजा र दाँततर्फ छुवाइकन दाँतको भित्री भागमा (भाइब्रेसन) हल्लाएर यताउता गरी ब्रस गर्नुपर्छ । 

अगाडिको दाँतको भित्र भागमा ब्रसलाई ढल्काई तलमाथी गरी ब्रसको आधा भागभित्र राखेर माझ्नुपर्छ । 

ब्रसलाई दाँतको चपाउने भागमा राख्नुपर्छ । र विस्तारै यताउता गर्दै ब्रस गनुपर्छ । ब्रसको पछाडी पट्टिको भागले जिब्रोलाई सफा राख्नुपर्छ । यसो गर्दा मुख भित्र भएको किटाणु हट्छ ।

त्यसका साथै विभिन्न समस्याबाट बच्न समय समयमा सफा पानीले कुल्ला गर्ने र दैनिक खाना पछि दाँत माझ्ने बानी बसाल्नुपर्छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment