कोरोना सङ्क्रमणले शैक्षिक क्षेत्रमा पारेको प्रभाव

महिला स्वास्थ्य

२०७७ असार ५ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

श्यामकृष्ण महर्जन

काठमाडौं - कोरोना भाइरसको सङ्क्रमणले मुलुकका ७३ जिल्ला प्रभावित छन् । सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले विगत ८० दिनदेखि घोषणा गरेको लकडाउन (बन्दाबन्दी) अहिले केही खुकुलो बनाएको छ ।

सरकारले चैत ११ देखि लकडाउन घोषणा गरेको थियो । लकडाउनले जनजीवन झन कष्टकर बनेपछि असार १ गतेदेखि केही लचकता अपनाएको हो । कोरोनाले हरेक राष्ट्रका सामाजिक,  आर्थिक र शैक्षिक क्षेत्रमा बढी प्रभाव पारेको छ । यो लेख कोरोनाले शैक्षिक क्षेत्रमा पारेको प्रभाबसँग सम्बन्धित छ ।

हाल विश्वका १ सय ९२ देशका शैक्षिक संस्थाहरू सञ्चालन हुन सकेका छैनन् । केही महिनादेखि नेपालका शैक्षिक संस्थाहरू पनि ठप्प छन् । नेपालमा सामुदायिक र निजी गरी करिब ३५ हजारको हाराहारिमा सैक्षिक संस्था रहेका छन् । यी शैक्षिक संस्थामा करिब ७२ लाख विद्यार्थी अध्ययन गर्दछन् । चैत्र ६ गते हुनुपर्ने एस इ इ परीक्षालगायत प्ल्स टु, स्नातक र स्नाकोत्तर तहका परीक्षा पनि स्थगित भएका छन् । रोकिएका परीक्षा अब कहिले हुने भन्ने अन्योल सबै विद्यार्थीमा रहेको पाइन्छ ।

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने लकडाउनले शैक्षिक क्षेत्रमा दुरगामी प्रभाव पार्ने देखिन्छ । विद्यार्थीहरू लामो समयसम्म घरमा बस्दा अभिभावकले भनेको नमान्ने, शैक्षिक सामग्रीमा ध्यान नदिने, पढाईमा कमी आउने, अनुशासन लगायतका कुरामा असर पर्ने देखिन्छ । लकडाउनले कतिपय परिवारलाई के खाउँ के लाउँ भन्ने अवस्था सिर्जना भएको  छ । जसका कारण ती परिवारका बालबालिका शिक्षाबाट नै बञ्चित हुने अवस्था आउने देखिन्छ ।

ब्राइट फ्युचर विद्यालयले बालबालिकालाई शैक्षिक गतिविधिबाट टाढा हुन नदिन लकडाउनको समयमा पनि अनलाइन कक्षा सुरु गरेको छ । एस इ इको तयारीमा रहेका विद्यार्थी तथा त्योभन्दा तल्लो तहमा पढ्ने  विद्यार्थीहरूलाई कुनै असर पर्न नदिन अनलाइन कक्षा सुरु गरेको छ । उनीहरूलाई डिजिटल कक्षाका लागि आवश्यक आइडि पासवर्ड र लिंक सेयर गरेर सञ्चालन गरेका छौं । एघारमा पढ्ने विद्यार्थीहलरूलाई पनि डिजिटल कक्षा सुरुवात गरेका छौं । परीक्षाको समयमा विद्यार्थीलाई सहज बनाउनका लागि भर्चुअल कक्षा लिन पनि सल्लाह दिएका छौं ।

सबै विद्यार्थीहरू नेटको पहुचँमा नभएका कारण ५० देखि ६० प्रतिशत मात्र अनलाइन कक्षामा उपस्थित हुने गरेका छन् । कोही विद्यार्थी गाँउमा पुगेका छन् ।  अधिकांश विद्यार्थी डाटा किनेर अनलाइन कक्षामा उपस्थित हुन नसक्ने अवस्थामा छन् । त्यसैले नेपालमा अनलाइन कक्षा त्यति प्रभावकारी हुन सकेको छैन । जो  नेटको पहँुचमा छन्, उनीहरूका लागि कक्षा सञ्चालन भइरहेको छ । नेटको पहुँच नभएका विद्यार्थीका लागि म्यासेजमार्फत पनि शैक्षिक सामग्री उपलब्ध गराइरहेका छौं । साथै विभिन्न टेलिभिजन च्यानलहरूमा शैक्षिक गतिविधि प्रसारण भइरहेका छन् त्यसबारे विद्यार्थीलाई जानकारी दिइरहेका छौं ।

बन्दाबन्दीलाई बिस्तारै खुकुलो पार्दै लैजाने सरकारको घोषणासँगै शैक्षिक गतिविधिलाई कसरी पुन सञ्चालनमा ल्याउने भन्ने विषयमा हाल बहस भइरहेको छ । यस्तो अवस्थामा विश्व स्वास्थ्य संगठले निधारर्ण गरेको नियमलाई आत्सात गर्दै  स्थानीय सरकारसँग समन्वय गरेर कक्षाहरू सञ्चालन गर्न सकिन्छ कि भन्ने योजना हामीले बनाएका छौं । पहिलाको जस्तो दिनभर नभइ दुई दुई घण्टा सामाजिक दुरी कायम गरी सञ्चालन गर्न सकिन्छ कि भन्ने लागेको छ ।

लकडाउन भएसँगै गरिखाने बर्गको दैनिकीमा असर परेको छ । कामगरी खाने वर्ग अहिले सबैभन्दा बढी प्रभावित छन् । त्यसैले यो अफ्ठ्यारो समयमा मानवीय धर्म हरेक व्यक्तिले निभाउन जरुरी हुन्छ । अहिले शैक्षिक संस्थामा आबद्ध शिक्षक कर्मचारीको  आयस्रोत पनि बन्द भएको छ । हामीले चैत्र सम्मको पारिश्रमिक शिक्षकलगायत शैक्षिक संस्थामा आबद्ध सबैलाई दिइसकेका छौं । त्यसपछिको मासिक पारिश्रमिक दिन सक्ने अवस्था छैन ।  यस संस्थामा आबद्ध शिक्षक, कर्मचारीलाई आर्थिक समस्या परेमा नहिचकिचाइ भन्न आग्रह गरेका छौं  ।

चैत्र महिनामा एस इ इ हुने, बैशाकमा प्लसटुका विद्यार्थीहरूको परीक्षाको तयारी गराउने र असारको पहिलो हप्ताबाट कक्षा १२ को पठनपाठन सुरु गर्ने योजना बनाएका थियौं । लकडाउन भएसँगै अब के गर्ने रु रोकिएका परीक्षाको तालिका कहिले आउने भन्ने अन्योलता छाएको छ । हालसम्म अनलाइनमार्फत कक्षा १० र ११को रिभिजन कक्षा गराइरहेका छौं । अहिले कक्षा १०, ११ र १२ का कक्षा सञ्चालन गर्न ढिला भइसकेको छ ।

 विश्व नै कोरोना भाइरसबाट आतङ्कित भएको  छ । तर जसरी कालो रात पछि बिहानीको सुरुवात हुन्छ, त्यसरी नै कुनै एक दिन भाइरसको आतङ्कबाट विश्व मुक्त हुनेछ । अहिलेको जटिल अवस्थालाई संयमताका साथ पालन गर्नु वर्तमानको आवश्यकता हो । त्यसैले सबै विद्यार्थीलगायत अभिभावकलाई संयमित हुन आग्रह गर्छु । यो समयमा घरमा नै बस्नु उपयुक्त हुन्छ । त्यसैले घरमा बस्ने, अभिभावलाई घरायसी काम सघाउने, आफूलाई सिक्न, जान्न मन लागेका कुरा गर्ने मौकाका रूपमा यो समयलाई उपयोग गर्न सम्पूर्ण भाइबहिनहरूलाई आग्रह गर्दछु ।  यदि घरबाट बाहिर निस्कनु परेमा सामाजिक दुरी कायम गरी, माक्स र स्यानिटाइजरको प्रयोग गरि सुरक्षित रहन आग्रह गर्छु ।

(लेखक ,श्यामकृष्ण महर्जन चन्द्रगिरी नगरपालिका १४ नं स्थित ब्राइट फ्युचर कलेजका प्लस टु प्रमुख हुन् ।)


 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment