महिलाले यस्तो अवस्थामा परिवार नियोजनको केहि साधनहरु प्रयोग गर्न हुदैँन ?

महिला स्वास्थ्य

२०७७ असार १० बुधबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - परिवार नियोजनका साधन र विधिका आफ्नै किसिमका फाइदा र वेफाइदाहरु छन् । दम्पतीहरुले आफुलाई सन्तानको रहर पुगेमा वा जन्मान्तर राख्न चाहेमा विभिन्न किसिमका परिवार नियोजनका साधनहरुको प्रयोग गर्ने गर्दछन् । परिवार नियोजनका साधन महिला र पुरुष दुबैले बिशेषज्ञको सल्लाह अनुसार प्रयोग गर्न सक्छन् । केहि अवस्थामा भने यि साधनहरु प्रयोग गर्न नमिल्ने हुन्छ । महिलाहरुले यस्तो समस्या भएमा वा यस्तो अवस्थामा परिवार नियोजनको साधन प्रयोग गर्न मिल्दैन ।

३५ बर्ष पुगिसकेको धुम्रपान गर्ने महिलाले मिश्रित खाने चक्किको प्रयोग गर्नुहुदैँन ।

उच्च रक्तचाप भएमा डिपो सुई लगाउनु हुदैँन ।

स्तनपान गराइरहेको भए पहिलो ६ महिनासम्म प्रयोग गर्न हुदैँन भने पहिलो ६ हप्तासम्म डिपो सुई इम्प्लान्ट प्रोजस्टिन मात्रा भएको खाने चक्किको प्रयोग गर्नुहुदैन ।

मुटु रक्तनली कलेजोसम्बन्धि असामान्य कडा रोगहरु भएमा वा स्तन क्यान्सर भएमा मिश्रित खाने चक्कि, प्रोजस्टिन मात्रा भएको खाने चक्कि, डिपो सुई, इम्प्लान्ट प्रयोग गर्न हुदैन । यदि यि साधनको प्रयोग गर्न परेमा बिशेषज्ञको सल्लाह लिनुपर्छ । 

अर्ध कपाली भएमा मिश्रित खाने चक्किको प्रयोग गर्नु हुदैँन । यदि प्रयोग गर्नुपरेमा बिशेषज्ञको सल्लाह लिनुपर्छ । 

पित्त थैलिकोे रोग मिश्रित खाने चक्किको प्रयोग गर्नु हुदैँन । यदि प्रयोग गर्नुपरेमा बिशेषज्ञको सल्लाह लिनुपर्छ ।  

तल्लो पेटको संक्रमण, एचआइभि एड्स भएका तर उपचार नगराएमा आइ यु सि डि (कपर टि) र अरु कुनै साधन प्रयोग गरिरहेको भए पनि कण्डम प्रयोग गर्ने (उपचाररत एचआइभि संक्रमित महिलाले शारीरिक अवस्था राम्रो भएमा साधारणतय आफुले नोट गरेको कुनै पनि साधन स्वास्थ्यकर्मीको सल्लाह अनुसार प्रयोग गर्न मिल्छ ।)

महिलाको प्रजनन् अंगमा कुनै किसिमको असामान्य अवस्थाहरु भएमा आइ यु सि डि प्रयोग गर्न हुदैँन र अम्ल कुनै साधन प्रयोग गर्नुपरेमा बिशेषज्ञसँग सल्लाह लिनुपर्छ । 

गर्भवती भएमा परिवार नियोजनको कुनै पनि साधन प्रयोग गर्नु हुदैँन

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment