स्वास्थ्यवर्धक केराको आइसक्रिम यसरी घरमै बनाऔँ 

महिला स्वास्थ्य

२०७७ असार १५ सोमबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - केरा विश्वको प्राय सबै ठाउँमा पाइने फल हो। केरा भनेर म्युजा परिवारमा पर्ने पोथ्रा वनस्पती र यसको फललाई चिनिन्छ। केरा भर्खर घरीबाट निस्केको बेलामा हरियो रङको हुन्छ र यसको स्वाद त्यस बेलामा टर्रो हुन्छ । पाकेपछि यसको रङमा बदलाब आउँछ र यसको स्वाद गुलियो हुन्छ । हिन्दु धर्मालम्वीहरुले सामाजिक पूजा आजा कार्यक्रमका प्रसाद नैवेत को रुपमा प्रयोग गर्ने गर्दछन् ।  

सामान्यतया हामी केरा पाकेपछि छोडाएर खान्छौँ । केराको स्वाद लिन धेरैले जानेको यो एउटा तरिका हो तर अहिले केराका अनेक उत्पादन बन्न थालिसकेका छन् । केराबाट मःमः, समोसा, मिटवल, चिप्स, निम्की, जुस, वाइन, पकौडा, खीर, अचार, तरकारी लगायत परिकार नेपाली बजारमा उपलब्ध छन् ।

केरा पौष्ट्रिक तत्वले भरीपुर्ण आहार हो ।  यसलाई त्यत्तिकै वा विभिन्न परिकारमा बनाउन सकिन्छ । केराको आइसक्रिम बनाउन सकिन्छ भन्ने केहि मानिसलाई मात्र थाहा होला । तपाईलाई पनि केराको आइसक्रिम चाख्न मन छ भने यसरी बनाउन सक्नुहुन्छ ।  

बनाउने विधि 

सुरुमा ३ वा ४ वटा केरो लिनुपर्छ । त्यसलाई साना टुक्रा बनाएर काट्नुपर्छ । 

त्यसपछि २ वा ३ घण्टा फ्रिजमा राख्नुपर्छ । 

चिसो केरालाई ब्लेन्डरमा राखेर आधा कप दुध हाल्नुपर्छ । 

केरा र दुधलाई ब्लेन्डरमा राम्रोसँग पेलेर निकाल्नुपर्छ । 

अब यसलाई एउटा भाडामा निकालेर फ्रिजमा राख्नुपर्छ । 

केहि समयपछि स्वादिष्ट्र आइसक्रिम तयार हुन्छ । 

यसरी बनाएको आइसक्रिम खानुका फाइदाहरु 

फाइबरयुक्त खानेकुरा

शक्ति दिने र पचाउन सजिलो खाना 

भिटामिन र खनिजहरुको जस्तै पोटासियम, क्यालसियम, म्यागनेशियम र फलामयुक्त खानेकुरा

(सोचाईको पेजबाट साभार)

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment