बहुगुणि लट्टेको साग यसरी साधेर खादाँ स्वादिष्ट बन्छ 

महिला स्वास्थ्य

२०७७ असार २६ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं  - लट्टे, जसलाई न उमार्न गाह्रो छ, न यसको परिकार बनाउन । यो एक पोषणयुक्त, गुणी साग भएर पनि हामीमध्ये धेरैले लट्टेको सागलाई हेला गरिरहेका हुन्छौं । जबकि यो हाम्रो पुरानो रैथाने खानेकुरा हो ।

लट्टेको साग निकै स्वास्थ्यवर्द्धक मानिन्छ । यसबाट हाम्रो शरीरलाई आवश्यक खनिज पदार्थ प्राप्त गर्न सकिन्छ । अर्थात् लट्टेको सागमा खनिज तत्व फलाम, क्याल्सियम र म्याग्नेसियम पाइन्छ । भिटामिन इ, भिटामिन सी र फोलिक एसिडको स्रोत पनि हो ।

लट्टे मात्र कहाँ हो र लट्टेको दाना पनि उत्तिकै उपयोगी मानिन्छ । लट्टेको दाना बालबच्चा, गर्भवती आदिका लागि निकै लाभदायक हुन्छ । यसलाई जुनसुकै खानेकुरासँग पनि मिसाएर खान सकिन्छ । विगतमा कुपोषणबाट बच्न समेत लट्टेको दाना सेवन गरेको पाइन्छ । यसलाई तरकारी अचार बनाएर वा सुकाएर रोटि लगायत अन्य खानेकुरामा मिसाएर खान सकिन्छ । यसको अचार बनाउने तरिका यस्तो छ । 

बनाउने विधि 

सागलाई राम्रोसँग धोएर उसिन्ने 

उसिनेको सागमा नुन, कागती, तिल र टिमुर हालेर मिसाउने 

तेल तताएर मेथि, बेसार र खुर्सानि झान्ने 

यसरी स्वादिष्ट्र र स्वस्थ्यकर अचार तयार हुन्छ । यसरी साधेँको लट्टे खानुका फाइदा यसप्रकार छन् । 

कोलेस्ट्रोलको स्तरलाई कम गर्छ । 

रक्तचापको स्तरलाई सामान्य राख्न मद्धत गर्छ । 

प्रोटिनको राम्रो स्रोत 

भिटामिन ए के बि र क्यालसियमको स्रोत

(सोचाइको फेसबुक पेजबाट साभार)

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment