जानौं, कसरी लगाउने कपालमा तेल ?

महिला स्वास्थ्य

२०७७ असार ३० मंगलबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - आफ्नो कपाल सुन्दर, घना र बलियो राख्न सबै मानिसले आफ्नो कपालको राम्रो हेरचाह गर्छन् । केहि महिलाले कपाल हेरचाहका लागी बिशेषज्ञको सल्लाह पनि लिदैँ आएका हुन्छन् । तर अन्जानमै हाम्रो कपालमा केही गल्तीहरू हुने गर्छन । जसको कारण कपाल बिग्रन्छ र कपाल फुल्न थाल्छ।

स्वस्थ र सुन्दर कपालका लागि तेल आवश्यक छ । तर, कपालमा तेल लगाउने पनि तरिका हुन्छ । कपालअनुसार फरक–फरक तेल आवश्यक पर्न सक्छ । कसरी प्रयोग गर्ने तेल ?

कपालमा तेल मालिस गर्दा हल्का तातो बनाउनुपर्छ। त्यसपछि कपाल सानो भागमा छुट्याउने र आफ्नो हातको औलाको सहायताले विस्तारै कपालको जरामा गोलो गोलो घुमाउँदै लगाउने । तेलको मालिश गर्नाले टाउकोको रक्त प्रवाह राम्रो हुन्छ । कपाल बलियो हुन्छ, त्यसैले कपालको मसाजको लागि तेल प्रयोग गर्ने प्रयास गर्नुपर्छ। 

मसाज गर्दा छाला तातो हुँदा छालाको रोम छिद्र खुल्छ । मसाज गर्दा हातले नै नगर्ने औंंलाले गर्ने नत्र कपाल टुक्रिन्छ । 

तेल मसाज केवल बाहिरी उपचार मात्र हो । धेरै समस्या भएमा डाक्टरको सल्लाह लिनु आवश्यक हुन्छ । कपालमा धेरैमात्रामा तेल लगाउँदा धुने बेलामा स्याम्पू बढि लाग्ने भएकोले कपाल फेरि सुख्खा हुन्छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment