जानौं, कस्ता खानेकुरामा फाइबर पाइन्छ ?

महिला स्वास्थ्य

२०७७ श्रावण ४ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - फाइबरयुक्त खाना पाचनको लागि महत्त्वपूर्ण हुन्छ। फाइबर पेटमा लामो समयसम्म रहन्छ । फाइबरले पाचन प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्दछ। यसले कोलेस्ट्रोल नियन्त्रण गर्न, मुटुसम्बन्धी रोगहरूलाई कम गर्न सक्छ। हरीयो सागपात र रेशायुक्त तरकारी, दाल, स्याउ, नशपाती, गाजर, अंगूर, काँक्रा, टमाटर, प्याज, लेटस, आलु, दालमा फाइबर समाबेश भएको हुन्छ । 

हाम्रो खानामा फाइबरको सही मात्रा हुनुपर्छ । अन्यथा शरीरमा फाइबरको कमीका कारण कब्जीयत कोलेस्ट्रोल र चिनीको स्तरमा वृद्धि लगायतका समस्या उत्पन हुनसक्छ । अध्ययनमा पुरुषहरुको लागी ३५ देखि ४० ग्राम फाईबर  र महिलाहरुको लागी २५ ग्राम फाइबर आवश्यक पर्ने उल्लेख गरिएको छ। स्वस्थ रहन हामिले खाने बानी परिवर्तन गरे फाइबरको उच्च मात्रा प्राप्त गर्न सक्छौं।

फाइबरले मोटोपना, मुटु रोग, मधुमेह जस्ता प्रमुख रोगबाट जोगाउँछ। फलहरुमा पाइने फाइबरको मात्रा हाम्रो शरीरको लागि पनि महत्त्वपूर्ण हुन्छ। फाइबरयुक्त फल र तरकारी के के हुन् त्यसबारे कमै व्यक्तिहरु मात्र जानकार छन् । स्याउ र नाशपातीमा प्रचुर मात्रामा फाइबर हुने बिशेषज्ञहरु बताउँछन । यी फलहरू खादाँ बोक्रा सहित खान्नुपर्छ। किनकि बोक्रामा पनि फाइबर पाइन्छ।

१०० ग्राम ओट्समा १.७ ग्राम फाइबर हुन्छ। ओट्समा घुलनशील र अघुलनशिल तत्वहरू हुन्छन्। यसको सेवनले कोलेस्ट्रोलको स्तर कम गरेर शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। 

अधिक फाइबर प्राप्त गर्न, खानामा सेतो चामलको सट्टा खैरो चामल समावेश गर्नुपर्छ।  त्यसका साथै दालमा प्रोटीनको उच्च मात्रा सहित, पर्याप्त मात्रामा फाइबर र कार्बोहाइड्रेट पाइन्छन्। यसले शरीरमा ऊर्जाको स्तर पनि बढाउँछ। त्यस्तै पालक, मूला, गाजर, पातलो शलगम, काउली आदिमा पनि प्रचुर मात्रामा फाइबर पाउन सकिन्छ । यस बाहेक, सुख्खा फलमा पनि फाइबर पर्याप्त मात्रामा पाइन्छ।

ब्रोकोलीमा भिटामिन सी बाहेक, पर्याप्त मात्रामा क्याल्सियम र फाइबर पाइन्छ। १०० ग्राम ब्रोकोलीमा २.६ ग्राम फाइबर हुन्छ। त्यस्तै  एक कप केराउको दानामा १६.३ ग्राम फाइबर समावेश हुन्छ । यसलाई काचो वा पकाएर खान सकिन्छ। त्यसबाहेक हरियो सागपातहरुमा पनि प्रचुर मात्रामा फाइबर पाइन्छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment