लकडाउन अन्त्यगरे सँगै बढ्यो खतराः डा. रवीन्द्र पाण्डे

महिला स्वास्थ्य

२०७७ श्रावण ७ बुधबार

फेसबुक , जनाइएको , शेर्पा


काठमाडौं- सरकारले हिजो (मंगलबार) रातिबाट लागू हुनेगरी लकडाउन बन्दाबन्दी अन्त्य भएको घोषणा गरेसँगै छोटो दुरीका  सवारी साधन आजबाट सञ्चालनमा आएका छन् ।  तर यसप्रति जनस्वास्थ्यविद्ले डा। रवीन्द्र पाण्डेले असन्तुष्टि प्रकट गर्दै सामाजिक संजालमा यी कुराहरु लेखेका छन्ः 

सरकारले आज रातिबाट लागु हुनेगरी लकडाउन अन्त्य गरेको छ । कोरोना संक्रमणको समुदायमा ब्यापक परीक्षण गरेर बास्तबिक अवस्था थाहा नपाइ गरिएको यो निर्णय हतारयुक्त र अपरिपक्व छ  । 

 ब्यापक कडाइ, निगरानी र सतर्कता नअपनाएमा यसले जनस्वास्थ्यमा संकट ल्याउनेछ । देशका करिब ७० जिल्लामा संक्रमित रहेको, काठमाडौं उपत्याका लगायत सहरी क्षेत्रमा फाट्टफुट्ट कोरोना संक्रमण देखिइरहेको, परीक्षणको दायरा एकदम साँघुरो भएको, छिमेकी देश भारतमा कोरोना संक्रमण ब्यापक फैलिएको तथा नेपालसंग सिमाना जोडिएका बिहार, युपी तथा पश्चिम बंगालमा कोरोना संक्रमण निकै बढेको अवस्थामा लकडाउन अन्त्य गर्नु निकै जोखिमपूर्ण छ ।

परीक्षण गर्दै चरणबद्ध रुपमा लकडाउनको ब्यबस्थापन गर्नुपर्नेमा बिज्ञसंग पर्याप्त छलफल नगरि लकडाउन खोल्दा समुदायमा कोरोना संक्रमण फैलिने डर बिध्यमान छ । सिमाना प्रभावकारी ढंगले शिल नगर्ने हो भने भारतबाट धेरै संक्रमित नेपाल प्रवेश गर्ने खतरा बिध्यमान छ   

हामी आम नागरिकले सकभर घरमै बस्ने, घरबाहिर निस्कंदा सहि तरिकाले मास्क लगाउने, भीडभाडमा नजाने, बाटो, चोक, पसल, अफिस लगायत सबै ठाउँमा घटीमा ६ फिटको दुरी कायम गर्ने, आबश्यकता अनुसार चस्मा तथा पन्जाको प्रयोग गर्ने, भोजभतेर नगर्ने, सुरक्षित तरिकाले घरमै चाडपर्व मनाउने लगायतका सुरक्षा सतर्कता अझै बढाउन जरुरी छ  ।

(डा.पाण्डे जनस्वास्थ्य विज्ञ हुन् )

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment