अनुहारको सुन्दरता कायम राख्ने उपाय 

महिला स्वास्थ्य

२०७७ श्रावण ११ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - गर्मीमा छालामा डन्डिफोर आउने, छालामा चिप्लोपना आउने जस्ता अनेकौं समस्या देखापर्न सक्छन् । 

घर बाहिर निस्कदाँ चर्को घाम, धुलो–धुँवाको असर छालामा पर्न जान्छ । त्यसैगरी खराब खानपान, जीवनशैली, तनाव आदिले समेत अनुहार एवं छालामा समस्या ल्याउँछ । कतिपयमा वंशानुगत रुपमै डन्डिफोर जस्ता समस्या देखिन्छन् ।

अनुहार एवं छालाको सौन्दर्य कायम राख्न स्वस्थ जीवनशैली अनिवार्य हुन्छ । सौन्दर्यको लागी सन्तुलित खानपान, सही समयमा सुत्ने र उठ्ने, पर्याप्त निद्रा लिने, तनाव नलिने, योग–व्यायाम गर्ने गर्नुपर्छ । साथै पर्याप्त पानी पिउने, मौसमी फलफूल एवं सागसब्जी सेवन गर्ने, खानामा सलाद समावेश गर्नुपर्छ । यसरी सही खानपान एवं जीवनशैलीबाट शरीरलाई स्वस्थ राख्न मात्र नभई सौन्दर्य कायम राख्न समेत सकिन्छ ।

छाला एवं अनुहारको सुन्दरता कायम राख्ने उपाय 

दिनमा दुई पटक सफा पानीले राम्ररी अनुहार सफा गर्ने 

राती अनिवार्य क्लिजिङ गर्ने 

नियमित व्यायाम गर्ने, शरीर सक्रिय राख्ने 

चिल्लोरहित खानेकुरा सेवन गर्ने, सागसब्जी, फलफूल सेवन गर्ने 

प्रशोधित खानेकुरा, माछामासु, फास्टफुड, दुधजन्य उत्पादन नियन्त्रण गर्ने 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment