जानौं, बालबालिकाको अघि अभिभाबकले कस्तो व्यवहार गर्ने ?

महिला स्वास्थ्य

२०७७ श्रावण १४ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - अधिकांश बालबालिका आमाबुवासँग रमाउन खेल्न चाहान्छन् । तर दम्पती नै कामकाजी भएको अवस्थामा बालबालिकालाई आवश्यक समय दिनै मुस्किल भएको हुन सक्छ । तर, लकडाउन यता बालबालीका र अभिभावक एकसाथ बस्न पाएका छन् ।

बालबालिकासँग कति समय बिताइयो भन्दा पनि कस्तो समय बिताइयो भन्ने कुराले महत्व राख्छ । बालबालिकासँग लामो समय विताउँदैमा महत्वपूर्ण मान्न सकिदैन । 

बालबाकिाले अभिभाबकसँग कस्तो व्यवहार सिक्छन् त्यो महत्वपुर्ण हुन्छ । अभिभाबकको काम, व्यवहार, बोली आदि सबै कुरालाई बालबालिकाले अनुसरण गरिरहेका हुन्छन् ।

अभिभाबकले खराब व्यवहार गरिरहेका छन् भने त्यसको प्रत्यक्ष असर बालबालिकामा पर्न जान्छ । दम्पतीबीच रुखो बोलीबचन, झगडा, मनमुटाव आदिको असर बालबालिकामा पर्छ । त्यसैले  बालबालिकाको साथै घरका अन्य सदस्यसँग पनि आमाबुवाले सन्तुलित व्यवहार गर्न आवश्यक हुन्छ ।

बालबच्चालाई उचित संस्कार सिकाउन, राम्रो बानी व्यवहारमा अभ्यस्त गराउनका लागि दम्पतीले पनि आपसमा त्यस्तै व्यवहार गर्न आवश्यक छ ।

एकअर्कामा सम्मानजनक व्यवहार

अभिभाबकले एकअर्कामा सम्मानजनक व्यवहार गर्दा सुमधुर सम्बन्ध स्थापित गर्छ, भने बालबालिकामा यसले राम्रो प्रभाव पार्छ । 

पैसाको उपयोग कसरी गर्ने

अभिभाबकको आम्दानी भन्दा बढी खर्च गर्ने, फजुल खर्च गर्ने बानी छ भने बालबालिकामा बचत गर्नुपर्छ भन्ने भावना विकास हुँदैन । त्यसैले अभिभाबकले घरको मासिक बजेट तयार गर्ने, प्राथमिकताको आधारमा खर्च शिर्षक राख्ने जस्ता बानी गर्नुपर्छ । जसका कारण बालबालिकाले सहि ठाउँमा कसरी खर्च गर्ने, कसरी बचत गर्ने भन्ने कुरा सिक्छन् ।

अरुप्रति कस्तो व्यवहार गर्ने

घरमा पाहुना आउँदा अभिभाबकले कस्तो व्यवहार गर्छन त्यो बालबलिकाले सिक्छन् । अभिभाबकले सम्मानपूर्वक व्यवहार गरे सन्तानले त्यस्तै सिक्छन् । अरुलाई होच्याउने, दुब्र्यवहार गर्ने बानी छ भने बच्चाले पनि अरुप्रति राम्रो व्यवहार गर्न सक्दैनन् ।

आत्मासम्मान सिकाउनुपर्छ, अहंकार होइन

आफ्नो बच्चालाई कहिले पनि आफ्नो पद, पैसा आदिको अभिमान देखाउनु हुँदैन । अरुलाई सानो, गरिब भनेर घृणा गर्ने, आफुलाई विशिष्ठ ठान्ने जस्तो व्यवहारबाट पनि बच्चाले राम्रो कुरा सिक्दैन । यसले उसमा अहंकार पैदा हुन्छ ।

स्पष्ट र सन्तुलित

कुनैपनि कुरामा स्पष्ट र सन्तुलित दृष्टिकोण राख्न सक्नुपर्छ । आफ्नो अनुकुलता अनुसार बोली र व्यवहार बदल्ने नगरौं, यसबाट बच्चामा खराब प्रवृत्तिको विकास हुनसक्छ । किनभने तपाई जस्तो गर्नुहुन्छ, बच्चाले त्यस्तै सिक्ने हो ।

अनुशासित जीवनशैली

ढिलो घर आउने, जुनसुकै बेला भोज आयोजना गर्ने जस्ता बानी छ भने त्यस्तो अनुशासनहिन जीवनशैलीको बच्चामा पनि गहिरो प्रभाव पर्छ । सहि समयमा सुत्ने, सहि समयमा उठ्ने, सहि समयमा खाने जस्ता नियमित तालिका बनाएर त्यसैलाई घर परिवारले पच्छ्याउने हो भने बालबालिकामा त्यस्तै बानीको विकास हुन्छ । उसले जीवनभर स्वस्थ्य जीवनशैली अनुशरण गर्छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment