गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि 

महिला स्वास्थ्य

२०७७ श्रावण १८ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

पोखरा-  गण्डकी प्रदेशमा थप २० जनामा कारोना संक्रमण पुष्टि भएको छ । योसँगै  गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १५ सय ५ पुगेको हो । 

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा थप  नयाँ २० जना संक्रमितहरु थपिएका हुन् । 

संक्रमण पुष्टि हुनेमा तनहुँका २ जना , स्याङ्जाका ८ जना, लमज्ङका ३ जना, बाग्लुङका १ जना र कास्कीका ८ जनागरि २० जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । 

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ  । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १२ सय ४५ पुगेको छ । 


 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment