कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको नयाँ मापदण्डः झाडापखाला लागेपनि पीसिआर परिक्षण 

महिला स्वास्थ्य

२०७७ श्रावण १८ आइतबार

फेसबुक , जनाइएको , शेर्पा


काठमाडौं- नेपालमा लकडाउन खोलेपछि पुनः  कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेको छ । कोरोनाको जोखिम बढे सँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण सम्बन्धि नयाँ मापदण्ड बनाएको छ । 

नयाँ मापदण्ड अनुसार ज्वरो रुघा, खोकी झाडापखाला तथा श्वास प्रश्वास सम्बन्धि समस्या भएका बिरामीहरुको कोरोना परीक्षण गरिने उल्लेख गरिएको छ । 

यसअघि उपचारपछि घर पर्किने संक्रमितको परीक्षण नगरी घर पठाउन मन्त्रालयले निर्देशन दिएको थियो । नयाँ मापदण्ड अनुसार अब कोरोना मुक्त भएका संक्रमितहरुलाई घर पठाउँदा परीक्षण गरेर मात्र घर पठाइने भएको हो ।

त्यस्तै सङ्क्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका मानिसहरू, गम्भीर श्वासप्रश्वासजन्य समस्या (एसएआरआई)  का बिरामीहरू
को पनि परीक्षण गरिने छ । 

त्यस्तै विदेशबाट आएका सबै मानिस (स्थल तथा हवाई मार्गबाट आउने सबैलाई क्वारेन्टिनको पाँच-सात दिनभित्र), अग्रपंक्तिका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरू , विगत १४ दिनमा कोभिड १९ सङ्क्रमण भएको क्षेत्रमा भ्रमण गरेका, आइसियुमा रहेका सबै बिरामीहरूको पनि परिक्षण गरिने छ । 

भने दीर्घरोगीहरू, प्रतिरोध क्षमता कमजोर भइसकेकाहरू (विशेषतः ६० वर्ष उमेर भन्दा माथि उमेर पुगेकाहरुको)  साथै चिकित्सकीय मूल्याङ्कनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामीहरू ९आपत्कालीन उपचार तथा शल्यक्रियाका लागि भने परीक्षण रिपोर्ट कुर्नु नपर्ने व्यव्स्था नयाँ मापदण्डमा तोकिएको छ ।

 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment