जानौं, महिनावारी हुदाँ कसरी स्वच्छ हुने

महिला स्वास्थ्य

२०७७ श्रावण २४ शनिबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - महिनावारी शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरूको मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । 

महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।

महिनावारी हुँदा शारीरिक सरसफाईमा विषेश ध्यान पुर्‍याउनु पर्ने हुन्छ । महिनावारी हुँदा फोहोर कपडा प्रयोग गर्ने गर्छन् । जसका कारण गुप्तांगमा संक्रमणको समस्या बढी देखिन्छ । गुप्तांगमा भएको संक्रमणले पछि गएर शरीरको प्रजनन् अंगमा पनि संक्रमण हुने सम्भावना हुन्छ ।

महिनावारीमा प्रयोग गरेको कपडा धुएर घाममा सुकाउनु पर्छ  । यसले कपडामा भएको परजीवि नाष्ट हुन्छ । कपडा नरम र सुतीको हुनुपर्छ । नाइलन र पोलिस्टरको कपडा प्रयोग गर्नुहुँदैन । महिनावारी हुँदा प्रयोग गरिएका कपडा फेरिरहनु पर्छ । रगत लागेको कपडा प्रयोग गर्नुहुँदैन । यसले शरीर गन्हाउने, घाउ आउने र संक्रमण हुन सक्छ ।

आजकल आधुनिक स्यानिटरी प्याड,  ट्याम्पन, मेन्सट्रवल कप प्रयोग गर्छन् । यस्ता सामाग्रीहरुको प्रयोग गरेपनि समय समयम सरसफाई गर्नुपर्ने हुन्छ । महिनावारीको समयमा ध्यान दिनुपर्ने सरसफाइहरु यसप्रकार छन् । 

स्यानेटरी प्याड, ट्याम्पन, मेन्सट्रवल कप अथवा घरमा बनाएको कपडाको प्याड प्रयोग गर्ने 

हरेक ६ घण्टामा प्रयोग गरेको प्याड, ट्याम्पन र कपडा फेर्ने र मेन्सट्रवल कप निकालेर पखाल्ने 

प्रयोग गरेको प्याड, कपडा र ट्याम्पनलाई कागजले बेरेर ढक्कन भएको डस्टबिनमा सहि तरिकाले फाल्ने 

महिनावारीको समयमा सकेसम्म दिनहुँ नुहाउने वा गोप्य अंग राम्ररी सफा गर्ने

(सोचाइको फेसबुक पेजबाट साभार)

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment