जानौ, पीपलका चमत्कारिक गुणहरू 

महिला स्वास्थ्य

२०७७ भदौ १४ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - पीपल एक रूख हो । धर्मशास्त्रको अनुसार पीपलको रूखलाई शुद्ध मानिन्छ। साथै पीपलको रूखमा देवीदेवताहरूको बसोवास गर्ने परम्परा देखि नै धार्मिक मान्यता रहि आएको छ । जसका कारण हिन्दु धर्मालम्बिहरुले पीपलको पूजा गर्ने गर्दछन्।

हाम्रो स्वास्थ्यको लागि प्रकृतिमा धेरै जडिबुटीहरू पाइन्छन्। यी जडिबुटीहरूको प्रयोगले हामी सधैं स्वस्थ रहन सक्छौं। पीपलको रूख हाम्रो स्वास्थ्यको लागि धेरै राम्रो छ । पीपलमा केहि औषधिय गुणहरु पनि समाबेश भएका हुन्छन् । यो रूखले अत्याधिक अक्सिजन प्रदान गर्दछ। घर वरिपरि पिपलको रूख भएमा हामी सहज रुपमा अक्सिजन पाउँन सक्छौं  । यसको पात र बोक्रा अन्य रोगको उपचारको लागि प्रयोग गरिन्छ। 

पीपलका फाइदाहरु 

अनुहारमा झुर्रीहरूको कारण, अनुहार धेरै पुरानो देखिन्छ। झुर्रीको समस्या हटाउन पीपलको प्रयोग लाभकारी हुन्छ। यसको प्रयोग गर्न, पिपलको जरा काट्नुहोस्। अब यी जराहरू धुनुहोस्, राम्रोसँग पीस्नुहोस् त्यसपछि तयार पारिएको पेस्टलाई अनुहारमा लगाउनुहोस् । यसले अनुहारबाट झुर्रीहरू हटाउनेछ।

दाद र चिलाउने समस्या हटाउन पीपल धेरै फाइदाजनक छ। यसलाई प्रयोग गर्न, पिपलका पातहरू चपाउनुपर्छ । 

पेट सम्बन्धि समस्याहरू जस्तै कब्जीयत, ग्यास र पेट दुखाइ कम गर्न पनि फाइदाजनक छ। यसको ताजा पातहरू पीसेर बिहान र बेलुका यसको रस पिउदाँ फाइदा हुनेछ।
 
चिसोको समस्या निको पार्न पिपल लाभदायक हुन्छ। यसको प्रयोगका लागि केहि पातहरू आबश्यक पर्छ । ति पाललाई सुकाएर पीस्नुहोस् र पाउडर बनाउनुहोस्। अब यो पाउडर पानीमा चिनी मिसाएर पिउनुहोस्। यसले चिसो निको पार्छ।

पीपल चोट पटकका घाउहरू निको पार्न फाइदाजनक छ। चोटलाई निको पार्न केही पीपल पातहरू तताउनुहोस्। अब यी पातहरू घाउ भएको ठाउँमा लगाउनुहोस्। यसले घाउहरू चाँडै निको पार्दछ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment