गुलाबी ओठ बनाउन अपनाऔं घरेलु सजिलो तरीका  

महिला स्वास्थ्य

२०७७ भदौ १९ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - सौन्दर्य महिलाहरुको गहना हो भन्ने गरिन्छ । प्रायः महिलाहरुले आफु सुन्दर र आकर्षक देखिनाका लागि धेरै थरी उपायहरु अपनाएको देखिन्छ । साथै  छालाको हेरचाह पनि गरिरहेका हुन्छन् ।  तर कतिपय महिलाहरूले छालाको हेरचाह गर्दा प्राय तिनीहरूको ओठको हेरचाह गर्न बिर्सन्छन्। 

यस्तो अवस्थामा, ओठहरू एकदम निर्जीव देखिन्छन्। विशेष गरी बदलिने मौसम र जाडोमा ओठ नराम्रो देखिन्छ। यदि ओठ फुट्यो भने, ओठबाट रगत बग्न थाल्छ। कहिलेकाँही यो समस्या धेरै बढ्छ। यस्तो अवस्थामा हामीले आफ्नो ओठको समयमै हेरचाह गर्नुपर्छ। अनुहारको साथै, आफ्नो ओठको पनि ख्याल राख्नु पर्दछ । 

ओठलाई सुरक्षित राख्नका लागि हामीले घरमा नै सजिलै सँग  लिपस्टिक मास्क बनाउा सक्छौं । यो मास्क लगाउनाले ओठ गुलाबी देखिनुका साथै नरम पनि बनाउने गर्दछ । 

ओठ मास्क बनाउने विधि यस्तो छः

नरिवलको तेल

भिटामिन ई क्याप्सूल

५ देखि ६ वटा गुलाबको पात

सही तरीकाले ओठहरू मास्क बनाउने

पहिले तातो पानी तताउन अनि तेल पनि तताउनुपर्छ 

त्यसपछि तेलमा केही गुलाब पातहरू थप्नुपर्छ 

केहि समय पछि यसमा आवश्यक गुलाबको तेल थप्नुपर्छ

गुलाबका पातहरू केही समयको लागि तेलमा रहन दिनुपर्छ त्यसपछि बाहिर निकाल्नुपर्छ 

तेलबाट गुलाब पातहरू निकालेपछि यसमा भिटामिन ई क्याप्सुल थप्नुपर्छ

यो मिश्रण राम्रोसँग मिलाउनुपर्छ 

मिश्रण गरेपछि फ्रिजमा राख्नुपर्छ 

राती  सुत्नुअघि यो ओठमा लगाउने पर्छ
 
करीव १ हप्तासम्म यो मास्क लागाउनाले ओठ गुलाबी देखिन्छ।

लिप मास्क लगाउनुका फाइदाहरु 

गुलाबका पातहरू ओठ मास्क तयार पार्न प्रयोग गरिन्छ। गुलाको पातमा प्राकृतिक तेल हुन्छ, त्यसैले यसले क्र्याक ओठलाई नरम पार्न मद्दत गर्दछ। 

यस बाहेक, यो मास्कले  ओठलाई ओसिलो राख्छ। यस बाहेक भिटामिन ई र नरिवलको तेल यस मास्कमा थपिन्छ, त्यसैले यसलाई स्वास्थ्यको हिसाबले धेरै फाइदाजनक मानिन्छ। यो मास्क आफ्नो ओठको साथै अनुहारमा पनि लगाउन सकिन्छ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment