मधुमेहका बिरामीहरुलाई कोभिड-१९ को जोखिममा कति ?

महिला स्वास्थ्य

२०७७ आश्विन ७ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

- डा. अनिल यादव

काठमाडौं- हाल विश्व कोरोना भाइरस (कोभिड १९) बाट आक्रान्त बनिरहेको छ । विश्व लगायत नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बृद्धि हुनुका साथै मृत्यु हुनेहरु संख्या पनि बढिरहेका छ । 

कोरोना भाइरस संक्रमण बिशेषगरी फन्टलाइनमा काम गर्ने र प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु देखिएको छ । नेपालमा हालसम्म कोरोना  संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिहरुमा प्राय  दिर्घ रोगि वा कुनै रोगबाट पिडित छन् । त्यसैले यो समयमा दिर्घरोगीहरुले धेरै नै सावधानी अपनाउँनु पर्ने देखिन्छ । त्यसमा पनि मधुमेहका बिरामीले उच्च सावधानी अपनाउनु पर्छ ।

मधुमेहको समस्या भएका व्यक्तिमा रगतमा चिनीको मात्रा बढि हुन्छ । यो रोग प्यानक्रियाजबाट उत्पादनमा कमी हुने वा इन्सुलिनको उपयोगमा आउने कमीको कारणबाट हुन्छ । 

जब शरीरमा इन्सुलिन हार्मोनको उत्पादन रगतमा प्रयाप्त हुदैन वा इन्सुलिन प्रयाप्त हुदाँ पनि काम गर्न छोड्छ, जसले गर्दा शरीरमा चिनीको मात्रा अत्यधिक बढेर जान्छ । त्यसलाई नै मधुमेह भनिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड-१९ को जोखिममा रहेको जनसंख्याहरु कुन हो ?

 मधुमेह

 उच्च रक्तचाप

 हृदय रोग

 क्यान्सर

 बृद्ध व्यक्ति

 इटाली र चिनमा गरिएको अध्ययन अनुसार धुम्रपान सेवन गर्ने व्यक्ति, उचाइ अनुसार तौल बढी भएको व्यक्ति कोभिड-१९ को उच्च जोखिममा रहेको
देखिन्छ ।

मधुमेह रोगीहरु कोभिड १९ को जोखिममा किन ?

मुटुरोग र मधुमेह लागेका कोभिड १९ संक्रमितहरुमा अस्पताल भर्ना हुने सम्भावना ६ गुणा र मृत्यू हुने सम्भावना १२ गुणा बढी हुन्छ । नेपालमा पनि कोभिड-१९ संक्रमितहरुको संख्यासंगै मृत्यु हुने संख्या बढ्दै गइरहेको छ। तथ्याङ्क अनुसार नेपालमा पनि मुटुरोग र मधुमेह भएका कोभिड १९ संक्रमितहरुको मृत्यु दर बढी रहेको छ।

मधुमेह विरामीहरुमा प्रतिरोधात्मक क्षमता कम हुन्छ, जसले उनीहरुलाइ संक्रमणको जोखिम धेरै हुन्छ । कुनै जिवाणुसंग लड्ने क्षमता कम हुन्छ साथै मधुमेह विरामीहरुमा मिर्गौलाको जटिलता, हृदयरोग र अन्य रोगहरु छिट्टै लाग्न सक्ने सम्भावना धेरै हुन्छ । 

 नेपालको अधिकाशं जनसंख्या मधुमेहको स्वयं व्यवस्थापन शिक्षा बाट बन्चित छ । त्यसैले वर्तमान अवस्थामा मधुमेहका विरामीहरु आफु नै बढी सचेत हुन आवश्यक देखिन्छ । 

 कोभिड १९ बाट बच्ने उपाय

हातलाई पटक पटक साबुन पानी वा ह्यान्ड स्यानीटाइजरले कम्तीमा २० सेकेन्ड सम्म धुने गर्नुहोस् ।

हात नधोइकन आँखा, नाक र मुख लाई छुने नगर्नुहोस् ।

घरको सतह तथा अन्य बारम्वार छुने सामानहरु किटनाशक प्रयोग गरी नियमित सफा गर्नुहोस् ।

खोक्दा वा हाच्छ्युं गर्दा सफा कपडाको प्रयोग गर्नुहोस् वा पाखुराले छेक्नुहोस् ।

हात नमिलाउनुहोस्, नमस्कार गर्नुहोस् ।

घरमा बस्नुहोस्, समाजिक दुरी (कम्तीमा ३ फीट) कायम गर्नुहोस् ।

सरकारद्वारा जारी निर्देशनहरुको पालन गर्नुहोस् ।

सहि सुचना दिने माध्यमबाट सुचना लिनुहोस् र गलत सुचना बाट बच्नुहोस् ।

कोभिड १९ बाट बच्न मधुमेह रोगीहरुले विशेष के कुरामा ध्यान दिनु पर्छ ?

आवश्यक परेमा सम्पर्क गर्नुपर्ने नजिकको चिकित्सक, एम्बुलेन्स र आफन्तको सम्पर्क विवरण अध्यावधिक गरेर राख्नुहोस् ।

मधुमेह नियन्त्रणको लागी खाइरहेको औषधि नछुटाइकन नियमित सेवन गर्नुहोस् ।

रगतमा चिनीको मात्रा कम वा बढी भएर हुने जटिलता बाट बच्न नियमित रुपमा चिनीको जाचँ गराउनुहोस् ।

होम क्वारेन्टाइनमा बस्न आवश्यक पर्ने मधुमेह नियन्त्रणको लागी खाइरहेको औषधि प्रयाप्त मात्रामा आफू संग राख्नुहोस् ।

आवश्यक खानेकुराको आपुर्तिको सुनिश्चत्ता गर्नुहोस् ।

रगतमा चिनीको मात्रा कम भएमा त्यसको व्यवस्थापन गर्न सक्ने गरी तयारी गर्नुहोस् ।

एक्लै बस्ने ज्यक्ति विरामी परेको बेला सहयोग गर्न सक्ने बिश्वासिलो व्यक्तिलाइ मधुमेह छ भनि जानकारी गराइराख्नुहोस् ।

तालिका बनाइ सोहि अनुसार नियमित रुपमा खानपिन तथा अराम गर्नहोस् ।

अत्यधिक कडा काम नगर्नुहोस् र कम्तीमा राती ८ घण्टा सुत्नुहोस् ।

यदि फ्लु जस्तो लक्षण (ज्वरो, खोकी, सास फेर्न गाह्रो) देखिएमा चिकित्सक संग परामर्श लिनुहोस् ।

चिनीरहित पानी प्रशस्त सेवन गर्नुहोस् (प्रति घण्टा १०० मि ली पानी र प्रति दिन कम्तीमा २.५ लीटर पानी)

 स्वस्थ्य पोषण

 चिनी कम हुने खाना (तरकारी, फलफूल, गहुँ, पास्ता र नुडल्स) लाईबढी प्राथमिकता दिनुहोस् ।

दिनमा कम्तीमा २.५ लीटर पानी पिउनुहोस् ।

तारेको र भुटेको खानेकुरा अत्यधिक सेवन नगर्नुहोस् ।

चिनी, कार्बोहाइड्रेड र बोसो बढी पाइने खाध्यपदार्थको सेवन सिमित मात्रामा मात्र गर्नुहोस् ।

प्रोटिन पाइने खानेकुरा राम्ररी पकाएको माछा, मासु, अण्डा, दुध, गेडागुडी अत्यधिक सेवन गर्नुहोस्।

हरियो सागपात प्रशस्त खाने गर्नुहोस् ।

फलफूल दैनिक खाने गर्नुहोस् ।

धुम्रपान तथा मद्यपानको सेवन नगर्नुहोस् ।

व्यायम

कोभिड १९ महामारीका कारण सबै जना होम क्वारेन्टनइनमा रहेको अवस्थामा समान्य व्यक्ति तथा मधुमेह रोगीले नियमित शारीरिक व्यायम गर्नु लाभदायक हुन्छ ।

होम क्वारिन्टिनमा हुदाँ गर्नुपर्ने व्यायम ।

कम्तिमा ६ तल्ला बराबरको सिढीमा ८ चोटी तल माथी हिड्नुहोस् ।

स्किपिङ्ग, गर्नुहोस् ।

कम तौल भएका घरेलु समानहरु जस्तो पानी भरिएको बाल्टिन तथा बोतल आदी प्रयोग गर्नुहोस् ।

मधुमेहका विरामीमा कोभिड १९ का शंकास्पद लक्षण देखिएमा चिकित्सकलाई जानकारी गराउनु पर्ने कुरा ।

कोभिड १९ का शंकास्पद लक्षण (ज्वरो १००.४० आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने) ।

अहिले खाइरहेको औषधिको नाम र मात्रा थाहा पाइराख्ने ।

 (मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा.यादव विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल कार्यरत छन् । )

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment