रोग प्रतिरोधात्मक क्षमता बढाउने दहिको रोटि यसरी बनाउनुहोस्

महिला स्वास्थ्य

२०७७ आश्विन २० मंगलबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं -  दहि दूधलाई जमाएर  बनाउने गरिन्छ । दहीलाई केही दिनसम्म चिसोमा सुरक्षित राख्न सकिन्छ । पौष्टिकताका हिसाबले दही सबै किसिमका पोषक तत्व भएको अमृत समान खाद्य हो । घरेलु विधिले तयार गरिएको १ सय मिलिग्राम दहीमा ८८ प्रतिशत पानी, ३ दशमलव ५ ग्राम प्रोटिन, ४ दशमलव ७ ग्राम कार्बोहाइड्रेड तथा ३ दशमलव ३ ग्राम चिल्लो पाइन्छ भने यी सबै तत्वको उपपाचन हुँदा ६१ किलो क्यालोरी उर्जा प्राप्त हुन्छ । 

दहीमा पाइने प्रोटिनलाई क्यासिन भनिन्छ । क्यासिनले क्याल्सियम र फस्फोरसजस्ता सूक्ष्म तत्वहरूको अवशोषणमा विशेष भूमिका खेल्छ भने यसले रक्तचाप कम गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । दहीमा पाइने चिल्लो पदार्थमा मुख्य रूपमा स्याचुरेटेड चिल्लो पदार्थकै बाहुल्य पाइन्छ भने केही मात्रामा अनस्याचुरेटेड चिल्लो पनि पाइन्छ । ४ सयभन्दा धेरै प्रकारका फ्याट्टी एसिड पाइने हुनाले दहीको चिल्लो अन्य चिल्लोभन्दा विशेष मानिन्छ ।

दहीमा धेरै मात्रामा ट्रान्स फ्याटी एसिड पनि पाइन्छ । कार्बोहाईड्रेड, प्रोटिन तथा फ्याटका अतिरिक्त दहीबाट क्याल्सियम, फोस्फरस, भिटामिन बी–२, बी–१२ जस्ता तत्व पनि उपलब्ध हुन्छन् । दहीमा प्रो–बायोटिक्सहरू पनि पाइन्छ । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने, कोलेस्ट्रोल घटाउने, शरीरलाई चाहिने आवश्यक तत्वहरू शरीरभित्रै संश्लेषण गर्ने, पाचन अवशोषण एवं मल निष्कासनजस्ता कार्य सुचारु गर्न सहयोग गर्छ । 

दहिलाई हामी विभिन्न परिकारमा मिसाएर वा परिकार बनाएर पनि खान सक्छौं । त्यसमध्ये दहिको रोटि एक हो । दहिको रोटि बनाउने विधिबारे कमैै व्यक्तिहरु मात्र जानकार छन् । यो स्वास्थ्यको हिसाबले लाभदायक हुनुका साथै स्वादिष्ट्र पनि हुन्छ । यदि तपाई पनि दहिको रोटि चाख्न चाहानुहुन्छ भने यस्तो तरिका अपनाएर बनाउनुहोस् । 

दहिको रोटि बनाउने विधि 

एउटा ठुलो भाडोमा १ कप दहि लिनुहोस्

त्यसमा नुन खाुर्सानि ज्पानो पिसेको अदुवा लसुन बेसार जिरा र हरियो धनियाँ हाल्नुहोस् 

सबैलाई राम्रोसँग मिसाएपछि त्यसमा एक कप आटा हाल्नुहोस् र राम्रोसँग मुछ्नुहोस्

मुछेको आटालाई सानो सानो डल्लो बनाएर बेल्नुहोस्

तेल वा घिउ लगाएर रोटि पकाएको जसरी पकाएर तातो  नै खानुहोस् । यसरी बनाएको रोटि एकदमै स्वादिष्ट्र हुन्छ । 

यो परिकार खानुका फाइदा 

दहि पाचन प्रणलिका लागी लाभदायक हुन्छ । 

यो रोटि फाइबरयुक्त हुन्छ 

यसले रोग प्रतिरोधात्म क्षमता बढाउँछ । 

(सोचाईको फेसबुक पेजबाट साभार) 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment