“मिडवाइफ “

महिला स्वास्थ्य

२०७७ आश्विन २१ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

- बिना शिवा 

काठमाडौं - गुलाबी पोशाक अनि सेतो कोट संगै
मन्द मुस्कानले सजिएकि उनी
आफ्ना सारा पिर ब्यथाहरू भुलेर
अहोरात्र सेवामा खटिरहन्छिन्
सेवा नै धर्म हो भनि।

प्रसवको दर्दनाक पिडामा 
छट्पटिएकी नारीको साहारा बनी
पहिलो घुट्को अमृत पिलाएर 
शिशुमा प्राण भरिदिन्छिन आमा बनी।

प्रसुती कक्षमा डर र कौतूहलताले 
छट्पटिएको मनलाई 
सान्त्वना दिन्छिन अभिभावक बनी
सम्मानजनक मातृत्व सेवा दिदै
आमा र बच्चाको जोखिम 
न्यूनीकरण गर्छिन जिवन रक्षक बनि।

गर्भवती महिला माथी
कुनै अन्याय नहोस् भनी
गर्भावस्थामा हुने हरेक हिंसाको
बिरूद्द वकालत गर्छिन
महिलाहरूको आवाज बनी।

सबैलाई आदार अनी समान व्यवहार गर्ने 
पक्षपात गर्न जान्दिनन उनि
महिलाने नचाहेसम्म उनको गोपनीयता 
भंग होस् यो कुरा मान्दिनन उनी।

सम्पूर्ण गर्भवती महिलाले 
समयमै उचित सेवा पाउन भनी
गर्भावस्था, प्रसव र सुत्केरी
जुनै अवस्थमा पनि उपलब्ध भई
निरन्तर हानी रहित सेवा दिन्छिन
एक दक्ष मिडवाइफ बनी।

विश्वभर मातृशिशु मृत्युदर कम गराउने
दक्ष जनशक्तिको रूप चिनिन्छिन उनी
तर अफसोच हाम्रो मुलुकमा त भन्छन् 
को हुन मिडवाइफ हामी त चिन्दैनैं भनि।

त्यसैले त बुझाउनु छ सबैलाई,
स्वस्थ आमा, स्वस्थ बच्चा 
अनि स्वस्थ देशकै आधार हुन उनी
अथाह पिडामा तड्पिएकी महिलालाई
औंशीको कालो बादल हटाई 
पूर्णिमाको जुन हातैमा थमाइ दिने देवी हुन उनी
भयहरू खुशीका किरणमा रूपान्तरित गर्दै
नया जिवन सृष्टि गर्दाको 
सकारात्मक अनुभव बटुलिदिने
अरू कोहि नभइ एक मिडवाइफ हुन उनी।

यो कबिता लेखक बिना शिवा ब्याचलर इन मिडबाइफ्रि साइन्स (बि एम एस) मा अध्ययनरत छिन् ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment