विश्व दृष्टि दिवसः १२ प्रतिशतमा डायबिटिक रेटिनोप्याथी

महिला स्वास्थ्य

२०७७ आश्विन २२ बिहिबार

फेसबुक , जनाइएको , शेर्पा

-समृद्धा के.सी

काठमाडौं-  आज अक्टोबर ८ विश्व दृष्टि दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइदै छ । नेपालमा पनि  ‘दृष्टिप्रतिको आश’ भन्ने नाराका साथ यो दिवस मनाइएको छ ।

विश्वभरमै दृष्टि सम्बिन्धी समस्या बढ्दो क्रममा छ। विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा झण्डै दुई अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या छ । जसमध्ये तीन करोड १२ लाख १९ वर्षमुनिका बालबालिकामा दृष्टि समस्या देखिएको छ । विज्ञहरुका अनुसार दृष्टिमा समस्या विभिन्न कारणले आउँने गर्दछ जसमध्ये मधुमेह पनि एक हो । 

नेपाल आँखा अस्पतालको तथ्याकं अनुसार सो अस्पतालको  रेटिना क्लिनिकमा आउने आठ जना मधुमेहका विरामी मध्ये एक जनालाई आँखाको दृष्टि पर्दामा मधुमेहको असर (डायबिटिक रेटिनाप्याथी ) परेको देखिन्छ । मध्ये गत वर्ष रेटिना क्लिनिकमा ४, ४९० जना दृष्टि पर्दा सम्बन्धी निदानका लागि आएका मध्ये १२ प्रतिशतमा डायबिटिक रेटिनाप्याथी  देखिएको थियो जस मध्ये ५५ प्रतिशतलाई शल्यकृया उपचार विधी अपनाउनु परेको तथ्याकंमा उल्लेख गरिएको छ । 

मधुमेहले गर्दा विभिन्न खाले समस्याहरु निम्त्याइरहेको हुन्छ । मधुमेह बढ्दै गएपछि आँखाको दृष्टि पर्दामा असर पार्दै जान्छ । बिरामीहरुको आँखाको दुष्टि बिस्तारै कम हुदै आँखा भित्र रगत आउने र दुष्टि कम हुदै जाने जस्ता समस्याहरु पनि आउँन सक्ने दृष्टि पर्दा विशेषज्ञ डा. किरण शाक्यले बताए । 

विश्वको परिवेशमा आठ जना मधुमेहका बिरामीहरु मध्ये १ जनामा डायबिटिक रेटिनोप्याथीको समस्या रहेको  हुन्छ भने नेपालमा ४ जना मध्ये १ जनामा यस्तो समस्या रहेको डा. शाक्यले बताएका छन् । 

दृष्टि पर्दामा मधुमेहको असर हुँदा देखिने लक्षणः 

आँखा धमिलो हुदै आउँने , 

बिहान उठ्ने बित्तिकै आँखा नदेख्ने ,

आँखा भित्र रगत जम्मा हुने 

दृष्टि कमजोर हुने ,

बच्ने उपाय 

शरीरमा भएको सुगरलाई र रक्तचापलाई नियन्त्रणमा राख्ने, 

बोसोलाई कम गर्ने,

धुम्रपान, मद्यपान सेवन नगर्ने , 

समय समयमा आँखा जाचँ गराइएरहने ,

उपचार विधि 

रेटिनाप्याथी भएमा लेजर विकिरण र आँखा भित्र लगाईने विशेष किसिमको इन्जेक्सन द्वारा डायबिटिक रेटिनोप्याथीबाट हुने दृष्टि सम्बन्धी समस्यालाई धेरै हदसम्म सुधार गर्न सकिन्छ ।

समयमै ब्लड सुगर, ब्लड प्रेसर र रगतमा हुने बोसोको मात्रा लाई समान्य अवस्थामा राख्नको अलावा बेलाबेलामा आँखाको पर्दाको जाँच गर्नु नै राम्रो उपाय रहेको उनले बताए  ।

मधुमेहका बिरामीहरुले समयमै आँखामा आउँने समस्यालाई निराकण नगरेको खण्डमा केहि व्यक्तिहरुमा अन्धोपनाको समसया समेत आउँन सक्ने डा। शाक्यले बताए । उनि भन्छन् 'समसय समयमा मधुमेहका बिरामीले आँखा जाचँ नगराएमा भविष्यमा अन्धोपना नै हुन सक्छ । मधुमेहले विषेश गरेर आँखाको दृष्टि पर्दा र कुनै कुनैमा मोती विन्दु जस्ता समस्या निम्त्याँउछ ।' 

डा.शाक्यका अनुसार सुगर र रक्तचाप बढि रहने व्यक्तिहरुमा आँखाको दुष्टिमा छिट्टो समस्या आउँन सक्छ । ३० वर्ष भन्दा माथिका बिरामीहरुमा ९० प्रतिशतलाई आँखामा केहि न केहि समस्या देखिएको हुन्छ । 

मानव शरिरको अभिन्न अंगहरु मध्ये आँखा पनि एक हो समय समयमा आँखाको दृष्टि पर्दाको जाँच गराएर आफ्नो आँखाको अमुल्य दृष्टिलाई बचाऔं !

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment