कोरोनाको समयमा गर्भवती र सुत्केरीले यस्ता कुरामा ध्यान दिऔं !

महिला स्वास्थ्य

२०७७ आश्विन २८ बुधबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं— गर्भवती महिलामा कोरोना भाइरस (कोभिड-१९)  बाट हुने प्रभावबारे अहिले अध्ययन भैरहेको छ । अरु सामान्य मानिस भन्दा गर्भवतीहरु कोभिड–१९ को उच्च जोखिममा हुन्छन् भन्ने तथ्य अहिले सम्म प्रमाणित भैसकेको छैन ।

गर्भा अवस्थामा महिलाको शारिरीक र प्रतिरक्षा प्रणालीमा परिर्वतन आउने भएकोले श्वासप्रश्वास प्रणालीमा असर पर्न सक्दछ । कोभिड-१९ को सामान्य लक्षणहरु जस्तै ज्वरो, खोकी र सास फेर्न गाह्रो भएमा तुरुन्त स्वास्थ्यकर्मीको परामर्श लिनुपर्दछ ।

कोभिड—१९ बाट बच्न अन्य सामान्य मानिसले अपनाउने सावधानीका उपायहरु गर्भवती महिलाले पनि अपनाउनु पर्दछ । ती उपायहरु यस प्रकार छन् । 

सफा साबुन पानीले बेलाबेलामा हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।

आफु र अरु व्यक्तिबीच ३ फिट टाढाको दुरी कायम गर्ने ।

मुख, नाक र आँखा अनावश्यक रुपमा हातले नछुने ।

खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखलाई कुहिनाले छोप्ने वा नरम टिस्यु पेपर प्रयोग गरी र्बिको भएको फोहोर फ्याँक्ने भाँडोमा फाल्ने । यदि ज्वरो, खोकी वा सास फेर्न गाह्रो भएमा तुरुन्तै स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न जरुरी हुन्छ । गर्भवति तथा सुत्केरी महिला कोभिड-१९ बाट प्रभावित भएता पनि नियमित स्वास्थ्य जाँच गराउनुपर्दछ ।

विश्व स्वास्थ्य संगठनले गर्भवती महिलाको कोभिड-१९ को परिक्षण गर्न सिफारीस गरेको छ । कोभिड-१९ बाट संक्रमित गर्भवति महिलालाई विशेष प्रकारको स्वास्थ्य हेरचाहको आवश्यक पर्दछ ।

अहिलेसम्म कोभिड-१९ गर्भको भ्रुणमा र सुत्केरी हुँदा नवजात शिशुमा सरेको भन्ने पुष्टि भएको छैन । आजको मितिसम्म परिक्षण गरेको गर्भको भ्रुणका तरल पदार्थ र आमाको दुधको नमूनामा कोभिड-१९ सरेको फेला परेको छैन ।

कोभिड-१९ बाट संक्रमित वा शंकास्पद सबै गर्भवति महिलाले गर्भावस्था, प्रसुति अवस्था र शिशु जन्मेपछिको अवस्थामा गुणस्तरिय सेवा पाउनु उनीहरुको अधिकार हो । सुरक्षित र महिलामैत्री प्रसुति सेवाको लागि निम्न कुरा आवश्यक छन् ।

सम्मानजनक व्यवहार

प्रसुतिको बेला महिलाले ईच्छाएको ब्यक्तिको उपस्थिति

प्रसुतिकर्मीद्धारा सहि जानकारी

कम पीडारहित प्रसुतिको ब्यवस्था

कोभिड-१९ को संक्रमित वा शकांस्पद महिलालाई सेवा दिने स्वास्थ्यकर्मीले आफ्नो सुरक्षाको उचित उपाय सहितको सावधानी अपनाउनुपर्छ । 

संक्रमित आमाले चाहेमा आफ्नो शिशुलाई स्तनपान गराउन सक्छिन । तर सुरक्षाका उपायहरु अपनाउनु पर्दछ । स्तनपान गराउनका लागी संक्रमित आमाले यस्ता बिषयमा धयान दिनुपर्छ । स्तनपान गराउने बेलामा नाक, मुख राम्ररी छोप्न माक्स लगाउनु पर्दछ ।

बच्चालाई छुनु अघि र छोए पछि साबुन पानीले हात धुने ।

आफु बसेको ठाँउ र त्यसको वरिपरिका साथै प्रयोग गरेको सरसामानहरुको सरसफाई गरि निसंक्रमण गर्नुहोस् । कोभिड—१९ बाट संक्रमित आमाले पनि बच्चालाई जन्मिने बित्तिकै स्तनपान गराउनु र नजिक राख्न मिल्छ । यसले बच्चालाई स्वस्थ राख्न सहयोग गर्छ । 

 आमाले यी कुराहरुलाई ध्यान दिनुपर्दछः
 
नाक, मुखमा राम्ररी माक्स लगाई स्तनपान गराउने,

नवजात शिशुलाई आफ्नो छातीमा टाँसेर राख्ने,

नवजात शिशुलाई आफुसंगै राख्ने,

कोभिड १९ बाट संक्रमित भई बिरामी भएर अरु जटिलताले स्तनपान गराउन नसक्ने अवस्था भएमा यस्ता उपायहरु अपनाएर स्तनपान गराउन सकिन्छ ।

आफ्नो दूध निचोरेर बच्चालाई खुवाउने,

बिरामी निको भएपछि स्तनपान गराउने,

(वास्तल्य आइभिएफ सेन्टरको लेख साभार )

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment