मेचीनगर नगरपालिकाका प्रमुखलाई कोरोना संक्रमण

महिला स्वास्थ्य

२०७७ आश्विन २९ बिहिबार

फेसबुक , जनाइएको , शेर्पा

झापा- मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधवार उनलाई कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताए।

उनी घरकै आइसोलेसनमा बसेका छन् । यस अघि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई समेत कोरोना संक्रमण भएको थियो ।

यसैबीच, राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य दयाराम दाहाल कोभिड–१९ को संक्रमणबाट मुक्त भएका छन् ।

असोज १६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा उपचारका लागि भर्ना भएका थिए । रासस

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment