थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ७२७ पुग्यो

महिला स्वास्थ्य

२०७७ कार्तिक १ शनिबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं  - पछिल्लो चौबिस घण्टामा देशभर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या  ७ सय २७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । देशभर कोरोना भाइरसका संक्रिय संक्रमित ३८ हजार ७३७  रहेका छन् । 

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८०० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ८९ हजार ८४० पुगेको छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment