मिनिल्याप: कसरी गर्भ रोक्छ, कहिले गर्नु उपयुक्त ?

महिला स्वास्थ्य

२०७७ कार्तिक १४ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - मिनिल्याप सन्तानको रहर पुगेका महिलाले गर्ने स्थायी वन्ध्याकरण हो । मिनिल्याप सुरक्षित र सरल शल्यक्रिया (अपरेशन) हो । तालिम प्राप्त डाक्टरले महिलाको पेटमा सानो शल्यक्रिया गरी दुवैतिरका डिम्ब नलीलाई वाँधेर काटिदिन्छन् ।

यो अपरेशनले पाठेघर र डिम्बाशयलाई कुनै किसिमको असर नपर्ने भएकोले महिनावारी पहिला जस्तै हुन्छ । मिनिल्याप सन्तानको रहर पुगेका महिलाहरुको लागि स्थायी विधि हो । मिनिल्याप सेवा सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ ।

मिनिल्यापले कसरी गर्भ रोक्छ ?

डिम्वाशयबाट निस्कने डिम्ब पाठेघरसम्म आउने बाटो (डिम्बनली) बन्द भएपछि पुरुषको शुक्रकीट र महिलाको डिम्ब भेट हुन पाउँदैन र गर्भ रहदैन ।

सन्तानका रहर पुगिसकेका महिलाहरूका लागि र एच आई भी एड्स भएको अथवा एन्टीरेट्रोभाइरल औषधी ९एच।आई।भी। को औषधी० सेवन गरिरहेका महिलाले मिनिल्याप गर्न सक्छिन् ।

मिनिल्याप कहिले गर्न सकिन्छ ?

सुत्केरी भएको ४५ दिनपछि,

सुत्केरी भएको तुरुन्तै वा ४८ घण्टाभित्र,

गर्भपतन पश्चात लगत्तै,

महिनावारी भएको ७ दिन भित्र र

अन्य प्रभावकारी परिवार नियोजनका अस्थायी साधन प्रयोग गरिरहेको भए जति बेला पनि गर्न सकिन्छ ।

मिनिल्याप गरेपछि ध्यान दिनुपर्ने कुराहरुः

यो अपरेशन गरेको २–४ घण्टासम्म आराम गरेपछि हिंडडुल गर्न सकिन्छ । तर १ हप्तासम्म टाकामा बल पर्ने काम गर्न र गह्रौ चिज, अथवा भारी उचाल्नु हुदैन ।

निको नभएसम्म घाउमा केही लगाउनु हुदैन ।

मिनिल्यापले एच।आई।भी। र यौन रोग सर्नबाट बचाउँदैन । त्यसैले एच।आई।भी। र यौन रोग सर्नबाट बच्न कण्डमको पनि प्रयोग गर्नुपर्छ ।

कस्तो अवस्थामा स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्दछ ?

मिनिल्याप गरेपछि ज्वरो आएमा,

पेट दुखिरहेमा,

घाउको टाकाबाट रगत बगिरहेमा वा पीप, पानी बगेमा,

गर्भवती भएको शंका भएमा ।

कस्ता महिलाले चिकित्सकको जाँच गराएर मात्र मिनिल्याप गर्नु पर्छ रु

डिम्ब बाहिनी नलि, पाठेघरको मुख, या योनीमा संक्रमण भएमा,

शरीर भरी वा कुनै भागमा संक्रमण भएमा,

मुटु रोग भएमा

श्वासप्रश्वास सम्बन्धि समस्या , उच्च रक्तचाप वा मधुमेह भएमा

मिनिल्याप सम्बन्धी वास्तविकताहरु

मिनिल्याप गरिसकेपछि महिलाको यौन प्रतिको रुची अथवा यौन क्षमतामा कुनै परिवर्तन हुँदैन ।

मिनिल्याप पश्चात् लामो समयसम्म पेट दुख्ने हुँदैन ।

महिला बन्ध्याकरण पश्चात् महिलाको काम गर्ने क्षमता, तागत वा शक्ति कुनैमा पनि लामो समयसम्म असर पार्दैन ।

मिनिल्याप भनेको महिलाको पाठेघर अथवा अन्य प्रजनन् अङ्गहरु फाल्ने होइन । बन्ध्याकरण गर्दा डिम्बबाहिनी नलीलाई मात्र काटिन्छ र बन्द गरिन्छ । 

मिनिल्याप गर्नाले महिलालाई टाउको दुख्ने, ढाड दुख्ने, अथवा कमजोरी हुने जस्ता स्वास्थ्य सम्बन्धि कुनै पनि समस्या हुँदैनन् ।

मिनिल्याप कहाँ गरिन्छ ?

अस्पताल,

संस्थागत परिवार नियोजन क्लिनिक,

घुम्ति परिवार नियोजन शिविर 

निजी अथवा गैर सरकारी संस्थाका परिवार नियोजन क्लिनिकहरुमा ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment