रक्तअल्पताः समयमै उपचार नगर्दा कस्तो जटिलता आउँछन्  ?

महिला स्वास्थ्य

२०७७ कार्तिक १४ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं-  रक्तअल्पता भन्नाले शरीरमा रातो रक्त कोशको संख्या सामान्य भन्दा कम हुनु अथवा शरीरमा भएका रातो रक्त कोशमा प्रशस्त हेमोग्लोबिन नहुनु हो । हेमोग्लोबिन प्रोटिन हो, जसले शरीरलाई रातो रंग दिन्छ ।

यसको मुख्य काम शरीरका सम्पुर्ण भागमा अक्सिजन पुर्याउनु हो । यदि कसैलाई रक्तअल्पता छ भने शरीरलाई चाहिने अक्सिजन सम्पूर्ण शरीरमा पुर्यान सक्दैन् र अक्सिजन बिना शरीरका अंग र तन्तुहरुले राम्ररी काम गर्न सक्दैनन् । प्रजनन अवस्थाका नेपाली महिलाहरुमा रक्तअल्पता गम्भीर चासोको विषय बनेको छ । 

नेपालमा २००६ मा गरिएको एक अध्ययन अनुसार गर्भवती, स्तनपान, गर्भवती नभएका  र स्तनपान नगराईरहेका महिला जसको उमेर १५९४९ छ, उनीहरुमा रक्तअल्पताको प्रतिशत ४२।४ प्रतिशत , ४०।३ प्रतिशत र ३४ प्रतिशत पाइयो । महिला र लामो समय देखि रोगी भइरहेका मानिसहरु रक्तअल्पताको उच्च जोखिममा
हुन्छन् । 

आफुलाई रक्तअल्पता छ भनेर कसरी थाहा पाउँनेः

पुर्ण रगत गणना भन्ने रगतको परीक्षणबाट रक्तअल्पता छ कि छैन् भन्ने कुुरा थाहा पाउँन सकिन्छ । चिकित्सकले शारीरिक परीक्षण पनि गर्छन र खानु हुने खाना , सेवन गरिरहेको औषधी र परिवारको विगत स्वास्थ्य स्थिती बारे जानकारी लिन्छन् । एदि रक्तअल्पता छ भने त्यसको कारण पत्ताल गाउँन अन्य पनि गराइन्छ ।

रक्तअल्पता उपचार कसरी गरिन्छ ?

जुन सुकै प्रकारको रक्तअल्पता भएपनि दुइ तरीकाबाट उपचार प्रमुख मानिन्छ ।

१. रातो रगतकोष वा हेमोग्लोबिनको मात्रा सामान्य स्थितीमा ल्याउने ताकि शरिरका अन्गं र तन्तुहरुले आवश्यक
मात्रामा अक्सिजन पाओस ।

 रक्तअल्पताको अन्तर्निहित कारणलाई उपचार गर्नु ।

चिकित्सकले निधार्ण गरेको उपचार रक्तअल्पताको कारणमा भरपर्छ । उदाहणको लागि हसिया कोश रक्तअल्पताको उपचार फोलिकएसिड कम हुँदा हुने रक्तअल्पता भन्दा फरक हुन्छ । उपचारका क्रममा हामीले खाइरहेको खानामा बदलाब हुन सक्छ , पोषणयुक्त खाना बढाएर खानु पर्ने हुन सक्छ ९ जस्तैः भीटामीन ए र आइरन चक्की ० , सेवन गरिरहेको औषधीमा फेरबदल हुन सक्ने वा धेरै गम्भिर रक्तअल्पतामा रगत सार्न वा चिरफार गर्नु पर्ने पनि हुन सक्छ ।

रक्तअल्पताको समयमै उपचार भएन भने के हुन्छ ?

समय अघि नै पत्ता लगाउँन र उपचर गर्न सकिएन भने कुनै कुनै रक्तअल्पताले ज्यान पनि लाग्न सक्छ । शरीरमा अक्सिजनको मात्र कम हुदा पनि शरीरका अंगहरु बिग्रन सक्छन् । रक्तअल्पता हुँदा रातो रगत कोश र हेमोग्लोबिनको कमीलाई पुर्याउन मुटुले धेरै काम गर्नु पर्छ । यो अतिरिक्त कामले मुटुलाई असर गर्छ र बिफल पनि पार्न सक्छ गर्भावस्थाको समयमा अपर्यााप्त आइरनले महिलामा आइरन कमी बढेर जान्छ । आइरनको कम सेवन गर्दा बच्चाको तौल कम हुने , समय अगावै जन्मने , आइरनको मात्र कम संन्चित हुने र व्यवहार विकासमा पनि कमी आउँछ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment