तपाइको बालबालिकामा यस्ता लक्षण त देखिएका छैन् ?  हुन सक्छ बाथ मुटु रोग

महिला स्वास्थ्य

२०७७ कार्तिक १९ बुधबार

फेसबुक , जनाइएको , शेर्पा


काठमाडौं-  बाथ मुटु रोग बिशेष किसिमको दीर्घकालीन मुटु रोग हो । यो रोगले विकासोन्मुख देशका ३ देखि १५ वर्ष उमेरका बालबालिकाहरुलाई बढी प्रभाबित गर्दछ ।

यो रोग बिटा हेमोलाइटिक स्ट्रप्टकोकस गु्रप ए नामक किटाणुद्धारा घाँटीमा जटिल संक्रमण भएर हुन्छ ।

बाथ ज्वरो र बाथ मुटुको रोग एकै रोगका दुई अवस्थाहरु हुन् । बाथ ज्वारे भन्नाले मुख्यतया ज्वरो आएको र जोर्नीहरु दुखेको अवस्थालाई बुझिन्छ भने बाथ रोग मुटुका भल्भहरु खराव भएको अवस्थालाई जनाउछ ।

कसरी लाग्छ यो रोग ?

धेरै पटक घाँटी दुख्ने , ज्वारो आउने र हात खुट्टा दुख्ने समस्या भइरहेमा मुटु , हाड , जोर्नी तथा नशाहरुलाई असर
पुर्याउँछ ।

यसले गर्दा मुटुको एक वा सो भन्दा बढी भल्भहरु बिगारेर साँगुरो वा खुकुलो बनाउँछ । यसबाट मुटुमा हुने रक्तप्रवाहमा बाधा आइ मुटु सुन्निन थाल्छ र बाथ मुटु रोग लाग्दछ ।

उपचार पद्धती

मुटु रोग विशेषज्ञले यो रोगको पहिचान गरेपछि बिरामीको अवस्था हरेर उपचारलाई अगाडी बढाउछन् ।

यो रोगले मुटुमा असर गरेको छैन भने सामान्य उपचारपछि निको हुन सक्छ तर रोगले जटिल रुप लिसकेको छ भन्ने जटिल किसिमको शल्यक्रिया गर्नु पर्छ वा आजीवन औषधी सेवन गर्नु पर्ने हुन्छ ।

फेरि पनि बाथ ज्वारो नआवस भन्नका लागि सावधानी अपनाउनु पर्ने हुन्छ ।

बच्ने उपाय

रोगबारे जानकारी पाउना साथ सावधानी अपनाउने

सकेसम्म बालबालिकाहरुलाई चिसोबाट टाढा राखी रुघाखोकी र ज्वरो आउनबाट बचाउने घाँटी दुखेर ज्वरो आउने तथा हात खुट्टाका जोर्नीहरु दुःख्ने अवस्था छ भने नै राम्रोसँग उपचार गराइहाल्नु पर्छ ।

बिरामीले ध्यान दिनु पर्ने कुराहरु

बाथ मुटु रोगीले नून र चिल्लो कम खानु पर्छ

चिसोबाट बच्ने

घाँटीको संक्रमणबाट बच्ने

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment