मधुमेह: कस्तो खानेकुरा कति खाने अनि के नखाने ?

महिला स्वास्थ्य

२०७७ कार्तिक २० बिहिबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - मधुमेहमा रगतमा सुगर सामान्य भन्दा बढेर शरीरको बिभिन्न भागमा असर गर्दछ। रगतमा सुगर बढी भएपछि यो पिसाबबाट पनि निस्कन थाल्दछ। मधुमेहलाई अंग्रेजीमा डायबीटिज मेलिटस र छोटकरीमा डायबीटिज र पुर्व मधुमेहलाई प्री डायबीटिज भनिन्छ । ल्याटिन भाषामा मेलाइटसको अर्थ गुलियो र डायबीटिजको अर्थ बाहिर निस्कनु हो।

मधुमेह नियन्त्रण वा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न खानपानमा बिशेष ध्यान दिनुपर्छ । अन्यथा अन्य विविध जटिल स्वास्थ्य समस्या जस्तै आँखा, मिर्गौला र नशासम्बन्धि समस्या निम्त्याउने चिकित्सकहरु बताउँछन् । 

सन्तुलित आहार सेवनले हामी विभिन्न रोगसँग लड्न सक्छौ । त्यसैले सन्तुलित आहार सेवन गर्ने बानी बसाल्न जरुरी हुन्छ । मधुमेहका बिरामी कस्तो खानपान गर्ने हामि यहाँ उल्लेख गर्नेछौं । 

१ खान हुदै नहुने 

चुरोट, बिडी, सुर्ति, तमाखु, खैनी, जस्ता आदि सुर्तिजन्य पदार्थहरु अलिकति पनि कहिले पनि सेवन गर्न हुदैन। 

२ सिमित मात्रामा मात्र, सकेसम्म कम खान हुने 

गुलियो पदार्थहरु जस्तो चिनी, ग्लुकोज भएको पदार्थहरु, मिठाई, सख्खर, जाम, मह, टिनमा राखेको फलफुलहरु, गुलियो पेय पदार्थहरु, आइसक्रिम, चकलेट, केक, गुलियो बिस्कुटहरु आदि। चिनी र चिनी भएको गुलियो पेय र अन्य पदार्थहरुले सुगर तुरुन्त मात्रै बढाउने होइन कि अन्य विभिन्न हिसाबले शरीर खराब गर्न सक्छ। 

धेरै चिल्लो र घ्यु वा तेल भएको खानेकुराहरु कुनै तेलमा कोलष्ट्रोल, सैचुरेटेड फैटिएसिड कम छ भनेर मतलब हुदैन, घ्यु वा कुनै पनि तेलमा क्यालरी बढी हुन्छ। 

नुनले रक्तचाप बढाउनुको साथै अन्य नकरात्मक असरहरु गर्ने भएकोले नुन र नुन भएका खानेकुराहरु सकेसम्म कम खानुपर्छ।

३ आफ्नो वजन र काम हेरी ठिक्क मात्रामा खान हुने 

सुख्खा रोटी, भात, दाल, आलु, मासु, माछा, दुध, दही, पाउरोटी, चाउचाऊ, चिउरा, चना, अण्डा, क्रिमक्रेकर विस्कुट

४ नियमित पर्याप्त सेवन गर्नुपर्ने 

पानी शरीरलाई चाहिने कुरा हो। पानी कम पिउदा अन्य नचाहिने पिउने पदार्थ र खानाको मात्रा पनि बढ्छ। त्यसैले नियमित प्रयाप्त मात्रामा पानी सेवन गर्नु पर्छ ।  

सबै फलफुलहरु, तरकारीहरु, सागपातहरु, सलाद।

५ इच्छा अनुसार खान हुने 

सलादको रुपमा गाजर, मुला, काँक्रो, प्याज, गोलभेडा, कागती आदि। चिल्लो नहालेको सलादमा खास क्यालोरी हुदैन र शरीरलाई फाइदा गर्ने तत्व हुने र अरु खाना पनि कम गर्न मद्दत गर्छ। 

उमालेको तरकारी, सागपातहरु, काउली, बन्दागोभी, हरियो सागपातहरु, फर्सी, भन्टा, परवर, च्याउ, सिमी आदि। उमालेको तरकारी, सागपातहरुमा पनि खास क्यालोरी हुदैन र शरीरलाई फाइदा गर्ने तत्व हुने र अरु खाना पनि कम गर्न मद्दत गर्छ।

चिनी नहालेको चिया, कफी, चिल्लो वा गुलियो नभएको तरकारीको सुप, झोलहरु आदि।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment