जानौं, कालो मरिचको औषधिय गुण

महिला स्वास्थ्य

२०७७ कार्तिक २० बिहिबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - कालो मरिच औषधीय गुणले भरिपूर्ण हुन्छ ।  कालो मरिचमा आइरन, पोटासियम, म्याग्नेसियम, जिंक,  भिटामिन ए र सी  लगायतका अन्य तत्वहरु पाइन्छ । कालो मरिचलाई गरम मसालामा वर्गीकृत गरिन्छ । विशेषगरि जाडोयाममा चिया, माछा–मासु र तरकारीहरुमा यसको प्रयोग गरिन्छ ।

जाडोयाममा अधिक चिसोपनाका कारण शरीरको मांसपेशिहरुमा दुखाइको समस्या हुन जान्छ । यदि नियमित मनतातो पानीमा १० देखि १२ मरिचको दाना हालेर सेवन गरेमा दुखाइबाट राहत पाउन सकिन्छ ।

कालो मरिचका साथै पीपलको धुलो बनाइ  बराबरी मात्रामा महसंग मिसाएर सेवन गरेमा रुखाखोकीबाट छुटकारा पाउन सकिन्छ ।

मरिचको सेवन गर्नाले दाँत तथा पेटको दुखाई कम गर्न सहयोग गर्छ । मरिचमा हुने एन्टीब्याक्टोरियलले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ । यसलाई गुण तथा भेलीमा मिलाएर खानाले भोक जाग्नमा मद्दत गर्छ ।

मरिचको नियमित सेवन गर्नाले शरीरको तौल कम गर्नुका साथै कब्जियत तथा ग्याँस्ट्रिक सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

क्यान्सरका बिरामीले यसको नियमित सेवन गर्नाले फाइदाजनक हुन्छ । मरिचमा क्यान्सरका सेल तथा कोशिका नष्ट गर्ने क्षमता हुन्छ ।

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment