गर्भपतन गराउँदा गर्नै नहुने गल्तिहरु

महिला स्वास्थ्य

२०७७ कार्तिक २१ शुक्रबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौ - तालिम प्राप्त तथा अनुभवी स्वास्थ्यकर्मीबाट गराइएको गर्भपतन सुरक्षित हुन्छ । त्यस्तै उपयुक्त औजार साधनको प्रयोग गरेर गरिएको गर्भपतनलाई पनि सुरक्षित मानिन्छ । गर्भपतन सफासगँ गरिएमा योनि तथा पाठेघरमा संक्रमण गर्ने जीवाणुको प्रवेश हुदैन । 

गर्भ रहेको तीन महिनाभित्र (१२ हप्ता) गर्भपतन गराउनुलाई पनि सुरक्षित गर्भपतन मानिन्छ । 

निम्नलिखित किसिमले गर्भपतन गराउन असुरक्षित हुन्छ ः 

ज्ञान र सीप नभएका व्यक्तिबाट गराएमा, 

उपयुक्त औषधि र औजारको प्रयोग नगरी अरु गलत वस्तुको प्रयोग गरेमा, 

फाहोर ठाउँमा फोहोर तरिकाले गर्भपतन गराएमा, 

गर्भपतनको सुविधा नभएको अस्पतालमा गराएमा । 

असुरक्षित गर्भपतनका कारणबाट हुने मृत्यु 

संसारभरि एक वर्षमा करिव साढे पाँच करोड गर्भपतन गराइने अनुमान गरिएको छ । गैरकानुनी  किसिमले गर्भपतन गराउँदा धेरै महिलाहरू मर्न सक्छन । मृत्यु भएन भने पनि संक्रमण हुने, पीडा भइरहने तथा बाझोपना हुने जस्ता समस्या आइलाग्ने सम्भावना रहन्छ । 

अनिच्छित रूपमा गर्भ रहन गएमा जुनसुकै उपाय अपनाएर भए पनि गर्भपतन गराउन पाए हुन्थ्यो भन्ने महिलालाई लागेको हुन सक्छ ।  । जुनसुकै तरिकाले भएपनि गर्भपतन गराउँछु भनि तल दिएको तरिका अपनाउनु हुदैन । यी एकदमै खतराजनक हुन्छन । 

कुनै पनि किसिमका धारिला वा तिखा वस्तु , जस्तै लठ्ठी, तार, प्लास्टिक ट्युब आदि योनि तथा पाठेघरमा पसाउनु हुदैन । यस्ता सामाग्रीहरु पसाइयो भने पाठेघर छेडिएर अत्यधिक रगत बग्ने, संक्रमण हुने जस्ता समस्या आइपर्न सक्छन  ।  

कुनै पनि किसिमको जडिबुटि वा बिरुवा योनि वा पाठेघरमा पसाउन हुदैँन । यसो गर्दा पोल्ने, घाउ हुने, संक्रमण हुने, रगत बग्ने जस्ता समस्या आउन सक्छन । 

कनै पनि किसिमका रँगाउने, सफा गर्ने वस्तु साबुन, खरानी, मट्टीतेलजस्ता वस्तु योनि वा पाठेघरमा राख्ने वा खानुहुदैन । 

पेटमा आफैले वा अरुले हान्ने, आफै भ¥याङबाट लड्ने जस्ता कार्य गर्नुहुदैन । गरियो भने गर्भपतन हुनुको सट्टा आन्तरिक चोट लाग्ने, रक्तस्राव हुने जस्ता नराम्रो परिणाम भोग्नुपर्ने हुन सक्छ ।

 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment